सुर्खेत । विकासात्मक ढिलाई÷अपाङ्गता भएका बालबालिकाका अविभावकलाई हेरचाहाकर्ता सिप सिकाइएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र युएसएआइडी हेण्डक्याप इन्टरनेस्नल नेपालको साझेदारीमा संचालित पुनर्स्थापना परियोजना अन्तरगत कर्णाली प्रदेश वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा पहिलो पटक विकासात्मक ढिलाई÷ अपाङ्गता भएका बालबालिकाहरुका परिवारका लागि हेरचाहाकर्ता सीप प्रशिक्षण तालिम दिइएको हो । तालिममा १४ जना अविभावकहरु सहभागि रहेका थिए ।
यस तालिममा २ देखि ९ वर्ष सम्मका अपाङ्गता, विकासमा ढिलाई र असर भएका, सहि रुपमा संचार गर्ने नसक्ने, चुनौतिपुर्ण व्यवहार भएका, आफ्नो हेरचाहा गर्ने नसक्ने बालबालिकाहररुको हेरचाह कसरी गर्ने भन्ने विषयमा सिकाइएको थियो ।
तालिममिति २०८१ वैशाख २२ बाट शुरु भई १५ सकिएको आयोजक राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले जनाएको छ ।
विकासात्मक ढिलाई÷ अपाङ्गता भएका बालबालिकाहरुका परिवारको प्याटफर्म निर्माण गरी , विकासात्मक ढिलाई÷ अपाङ्गता भएका बालबालिकाहरुका विकास, प्रबद्धन गर्ने सीप प्रदान गरिएको प्रशिक्षक फिजियोथेरापिष्ट श्रष्ठी बच्राचार्यले बताउनुभयो ।
तालिममा सहभागीहरुले आफुले विकासात्मक ढिलाई÷ अपाङ्गता भएका बालबालिकाहरुलाई कसरी सिकाउने, कस्ता व्यवहार गर्ने विषयमा सिकेको भन्दै यस्ता तालिम प्रदेशभर आवश्यक रहेको बताएका छन् ।
हेरचाह सम्बन्धि तालिममा सिकिसकेपछि आफुले धेरै कुरा सिकेको भन्दै ढिलो सिकाई भएका बालबालिकाहरुलाई कसरी सिकाइ बनाउने भन्ने विषयमा जानेको बताउनुभयो ।
विकासात्मक ढिलाई÷ अपाङ्गता भएका बालबालिकाहरुका हेरचाह सम्बन्धि तालिम प्रदेशभर लागु गर्न सुझाव
सरोकारवालाहरुले विकासात्मक ढिलाई÷ अपाङ्गता भएका बालबालिकाहरुको सिकाईका लागि प्रदेशभर नै जनशक्ती उत्पादन गर्न आवश्यक रहेको औँल्याएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
उनिहरुले यो तालिमबाट दक्ष बनेका जनशक्तीलाई परिचालन गर्नेगरी सरकारले अपनत्व लिनुपर्ने बताएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले सरकारले नै नीति बनाएर अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।
यता, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृश बहादुर शाहीले आफुहरुले यो विषयलाई योजनामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ ।
विकासात्मक ढिलाई/अपाङ्गता भएका बालबालिकाका अविभावकलाई हेरचाहाकर्ता सीप प्रशिक्षण तालिम
विकासात्मक ढिलाई/अपाङ्गता भएका बालबालिकाका अविभावकलाई हेरचाहाकर्ता सीप प्रशिक्षण तालिम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
