सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका सदस्यले कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा औषधी उपचार गराउँदा ब्यापक छुट पाउने भएका छन् ।
संघ र हस्पिटलबीच विहीबार वीरेन्द्रनगरमा भएको एक औपचारिक कार्यक्रममा संघका सदस्य, उनीहरुका परिवार तथा र्फम एवं पसलमा कार्यरत कर्मचारीले समेत औषधी उपचारमा छुट पाउने गरी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौताबमोजिम हस्पिटलले ल्याब, सीटी स्क्यान, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टल, आँखा उपचार, सामान्य बेड र एम्बुलेन्स सेवामा १० प्रतिशत छुट दिने भएको छ । यसैगरी इको, इण्डोस्कोपी, आइसीयु र अपरेशन शुल्कमा १५ प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ ।
अन्य छुट सुविधामा सामान्यखालको क्याबिनमा २० तथा डिलक्स क्याविनमा ३० प्रतिशत छुट तथा होलबडी चेकअपमा २५ देखि ३५ प्रतिशत छुट दिइने जनाइएको छ ।
संघका सदस्यहरुको सुविधाका लागि सुर्खेतमा मात्र नभई काठमाण्डौंका केहि अस्पतालमाहरुमा समेत छुट दिलाउने विषयमा पहल प्रयास भैरहेको संघका अध्यक्ष लक्ष्मण कंडेलले बताउनुभयो ।
संघबाट पाएको सदस्यताको परिचयपत्रका आधारमा अस्पतालले दिने छुट कार्ड देखाएमा औषधीदेखि उपचारसम्म छुट सुविधा पाइने महासचिव भद्र भण्डारीले जानकारी दिनुभयो ।
अस्पतालका सञ्चालकमध्ये एक दीपक गौतमले अत्याधुनिक उपकरण तथा दक्ष जनशक्तिबाट सेवा प्रवाह गरिरहेको अस्पतालले सुर्खेत उद्योग वाणिज्य संघसंगको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सुर्खेत उद्योग वाणिज्य संघका सदस्यले कर्णाली केयर हस्पिटलमा उपचार छुट पाउने
सुर्खेत उद्योग वाणिज्य संघका सदस्यले कर्णाली केयर हस्पिटलमा उपचार छुट पाउने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु