सुर्खेत । प्रहरीले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चौकुने गाउँपालिका–७, डाँबका १७ वर्षिय अशोक थापा र वडा नम्वर–६, भाप्रका १८ वर्षिय भिमबहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।
गएराती चौकुने गाउँपालिका–८, विशाल बजारस्थित रङ्गशाला नजिक दुई जना युवाहरुले पेस्तोल बोकी हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गुटुबाट प्रहरी नायव निरीक्षक नारायण बिष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक विनोद सुवेदीले बताउनुभयो ।
उहाले पक्राउ परेका साथबाट (राउन्ड नभएको) गोली विनाको (बीओएनडी) लेखिएको आधुनिक पेस्तोल बरामद गरिएको बताउनुभयो । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको उहाको भनाइ छ ।
सुर्खेत गुटुमा पेस्तोल देखाउने दुई जना पक्राउ
सुर्खेत गुटुमा पेस्तोल देखाउने दुई जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
