सुर्खेत । कर्णालीमा गत आर्थिक बर्ष २०८०÷८१ मा साढे पाँच लाख मेट्रिक टन खाद्यन्न उत्पादन भएको छ ।
कर्णाली प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार ५ लाख ५२ हजार ९ सय ३० मेट्रिक टन खाद्यन्न उत्पादन भएको हो ।
जसअन्तरगत कर्णालीमा सबैभन्दा धेरै मकै उत्पादन हुने गरेको छ । गत आर्थिक बर्षमा २ लाख १९ हजार ८ सय २ मेट्रिक टन मकै उत्पादन भएको छ ।
त्यसपछि गहु उत्पादन एक लाख ५२ हजार ६ सय २१ मेट्रिक टन भएको छ भने धान उत्पादन एक लाख ४५ हजार ६३ मेट्रिक टन उत्पादन भएको छ ।
उत्पादनको हिसाबले कर्णालीमा धान उत्पादन तेश्रो नम्बर परेको छ । जौँ ११ हजार ५ सय ५६ कोदो १६ हजार ३ सय १० फापर ३ हजार ८८ मेट्रिक टन उत्पादन भएको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
यस्तै, उवा एक हजार ८ सय १९ मेट्रिक टन उत्पादन हुँदा चिनो एक हजार ६ सय ८१ मेट्रिक टन, कागुनो ९ सय ३६ र लट्टे ४५ मेट्रिक टन उत्पादन भएको जनाइएको छ ।
२३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अपुग
प्रदेशमा वार्षिक २३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ । तथ्यांकअनुसार प्रदेशमा वार्षिक रूपमा २३ हजार चार सय ३४ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसंख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ । यो संख्यालाई आधार मान्दा कर्णालीमा वार्षिक एकजनालाई दुई सय एक किलो खाद्यान्न आवश्यक पर्दछ । कर्णालीमा अहिले वार्षिक तीन लाख २० हजार आठ सय ९० मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ ।
कर्णालीलाई पूर्ण रूपमा खाद्यान्नमा आत्मनिर्भर हुन तीन लाख ४४ हजार तीन सय २४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
जिल्लागत रूपमा सल्यान, दैलेख र सुर्खेत मात्रै खाद्यान्नमा आत्मनिर्भर छन् । अन्य सात जिल्लालाई आफ्नै उत्पादनले वर्षभर धान्न नसक्ने गरेको पाण्डेले बताउनुभयो ।
९१ हजार ३३ मेट्रिक टन खाद्यान्न उत्पादन हुने सुर्खेत खाद्यान्नमा आत्मनिर्भर छ । सुर्खेतमा चार हजार आठ सय ६७ मेट्रिक टन मौज्दात रहने गरेको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी, खाद्यान्नमा आत्मनिर्भर जिल्ला सल्यान हो । सल्यानमा वार्षिक ४७ हजार सात सय ८८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने भए पनि ५२ हजार तीन सय ७४ मेट्रिक टन उत्पादन हुने गरेको छ । पाण्डेका अनुसार दैलेखमा पनि वार्षिक ५६ हजार आठ सय १२ मेट्रिक टन उत्पादन हुन्छ । जब कि दैलेखलाई ५० हजार तीन सय ६१ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने गरेको छ । अन्य सात जिल्ला भने खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन् ।
अहिले पनि डोल्पामा वार्षिक पाँच हजार ९९ मेट्रिक टन खाद्यन्न अपुग छ ।
यस्तै, हुम्लामा आठ हजार पाँच सय ६५, मुगुमा ६ हजार चार सय ३९, जुम्लामा तीन हजार पाँच मेट्रिक टन खाद्यान्न वार्षिक रूपमा अपुग हुने गरेको छ ।
सबैभन्दा धेरै कालीकोटमा १० हजार तीन सय १७ मेट्रिक टन वार्षिक रूपमा खाद्यान्न अपुग हुँदा रुकुम पश्चिममा एक हजार ६ सय १५ र जाजरकोटमा चार हजार दुई सय ९९ सय मेट्रिक टन खाद्यान्न वार्षिक रूपमा अपुग हुने गरेको कृषि विकास निर्देशनालयको तथ्यांकमा छ ।
यस वर्ष हावाहुरीको कारण मकैबालीमा र केही जिल्लाको धानबालीमा क्षति भएको तथा भूकम्पका कारण भण्डारण भएको खाद्यान्न क्षति भएका कारण खाद्यान्न बचतमा कमी देखिएको निर्देशनालयले जनाएको छ ।–––
कर्णालीमा एक बर्षमा साढे पाँच लाख मेट्रिक टन खाद्यन्न उत्पादन, २३ हजार मेट्रिक टन अपुग
कर्णालीमा एक बर्षमा साढे पाँच लाख मेट्रिक टन खाद्यन्न उत्पादन, २३ हजार मेट्रिक टन अपुग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु