सुर्खेत । बाल अधिकारकर्मीहरुले बालबालिकाको घटना दर्ता तथा बाल संरक्षण सुचना प्रर्णालीलाई व्यवस्थित गर्न सके बालअधिकार सुनिश्चिततामा सहयोग पुग्ने बताएका छन् ।
युनिसेफको सहयोगमा राष्ट्रिय बालअधिकार परिषदले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गरेको बाल संरक्षण सुचना व्यवस्थापन प्रर्णाली सम्बन्धि तालिममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
बालबालअधिकार परिषदका पुर्व कार्यकारी निर्देशक मिलन धरेलले यो प्रर्णाली प्रविधि मात्रै नभएर बालबालिकाको हक र सुशासनको सुचक भएको बताउनुभयो ।
उहाले बालबालिको अवस्था केछ ? उनिहरु विद्यालयको पहुँचमा छनकी छैनन् भन्ने एथेष्ट डाटा आउने भएकाले यो प्रणाली प्रविधि मात्रै नभएर बालअधिकारको अंग भएको बताउनुभयो ।
परिषदका इन्द्रादेवी ढकालले बाल संरक्षण गर्नको लागि यो प्रणालीलाई व्यवस्थि तगर्नको लागि तालिम संचालन गरिएको जानकारी दिनुभयो ।
विशेषगरी भुकम्प प्रभावित जिल्लाका बालबालिका जोखिममा रहेको भन्दै उनिहरुको तथ्याङ्कलाई व्यवस्थित गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
युनिसेफकाका दिपक श्रेष्ठले नेपाल संघियतामा गइसकेपछि तिनै तहका सरकारले बालबालिकाको अधिकारलाई प्रवद्र्धन गर्ने प्रयास गरेको बताउनुभयो ।
जोखिममा रहेको बालबालिकाहरुको पहिचानको लागि वडा तहदेखि नै यो टुल उपयोगी हुने बताउनुभयो ।
सबै घटना व्यवस्थापनको लागि यो टुलको बारेमा जानकार हुनुपर्ने भन्दै त्यसका लागि यो तालिम संचालन गरिएको बताउनुभयो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिर्घ पोख्रेलले बालअधिकारको क्षेत्रमा कर्णालीको नतिजा नकरात्मक रहेको भन्दै यसलाई सकरात्मकतर्फ बदल्न सबै पक्षले गम्भिर भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
विकसित देशहरुमा महिला बालबालिका र जेष्ठ नागरिकको सुरक्षाको लागि सामाजिक सुरक्षाका कार्यक्रम संचालन गर्ने गरिएको भन्दै त्यसको सिकाई नेपालले पनि गर्नुपर्ने बताउनुभयो ।
तिनै तहका सरकारले अब बालमैत्री संरचना र योजना बनाउन आवश्यक रहेको भन्दै कर्णाली प्रदेश सरकार बालबालिकाको क्षेत्रमा गम्भिर रहेको बताउनुभयो ।
बालअधिकार परिषदका उपाध्यक्ष बम बहादुर बानियाले अब कर्णालीको भाष्य परिवर्तन गर्न आवश्यक रहेको भन्दै बालबालिकाको क्षेत्रमा लगानी धेरै भएपनि परिणाम आउन नसकेको बताउनुभयो ।
भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमका ७ पालिकाका बाल कल्याण अधिकारी र पञ्जिकाधिकारीहरुलाई बालबालिकाको घटना दर्ता तथा बाल संरक्षण सुचना प्रर्णाली सम्बन्धि तालिम संचालन गरिएको हो ।
बालअधिकार परिषद कर्णाली प्रदेशका डम्बर रोकाय सजना कुँवर तथा युनिसेफका रेन्जेन तामाङले तालिम दिनुभएको थियो ।
तालिममा भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका ७ पालिकाका २८ जनाको सहभागिता रहेको थियो ।
बालबालिकाको अधिकार सुनिश्चित हुनेगरी काम गर्नुपर्नेमा जोड
बालबालिकाको अधिकार सुनिश्चित हुनेगरी काम गर्नुपर्नेमा जोड

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु