काठमाडौं । सोलुखुम्बुको थामे गाउँमाथि रहेको दुई वटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा पानीको बहाव बढेर आएको पुष्टि भएको छ ।
रक्षामन्त्री मानवीर राईसहित पुगेको अध्ययन टोलीले अझै दुई वटा पोखरी उच्च जोखिममा रहेको जनाएको हो ।
बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न आज रक्षामन्त्री राईको नेतृत्वमा टोली उक्त ठाउँमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले साना पाँचवटा ताल रहेको भन्दै तिमध्य दुई वटा ताल फुटेको बताउनुभयो । उहाका अनुसार अन्य दुई वटा तालहरु पनि उच्च जोखिममा रहेको बताउनुभयो ।
हिजो दिउँसो सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा पानीको बहाव बढेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ ।
बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो ।
बाढीले स्थानीय विद्युत आयोजनाको विद्युत् गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ ।
सोलुखुम्बुको थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि
सोलुखुम्बुको थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
