सुर्खेत । सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडी बढाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ ।
जुम्लाका राजनैतिक दलहरू तथा जनप्रतिनिधिहरू सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई भेटी नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिञ्जालाई केन्द्रमा राखी खस सभ्यताको अध्ययन, खोजी, खस भाषाको संरक्षण, सिञ्जाको ऐतिहासिक, पुरातात्त्विक इतिहासको संरक्षण तथा आधुनिक विकासका लागि अगाडी बढाइएको विद्येयक पारित गर्ने वातावरण बनाईदिन आग्रह गरेका हुन् ।
प्रतिनिधिसभा सांसद कान्तिका सेजुवाल, पहल समितिका संयोजक तथा कर्णालीका पूर्वमन्त्री नरेश भण्डारी, पूर्व राज्यमन्त्री तथा नेकपा एमालेका नेता बलबहादुर महत, नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति दिपबहादुर शाही, नेता भीमनिधि हमाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य चन्द्रविर तिरुवा, दलबहादुर जिसी सहितका प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई विधेयक अगाडि बढाउन अनुरोध गरेको छ ।
विधेयक पारितका लागि बनेको पहल समितिका संयोजक तथा पूर्वमन्त्री नरेश भण्डारीले प्रधानमन्त्रीसँग सिञ्जा विधेयक प्रमाणित गरिदिन हुन अपिल गरिएको जानकारी दिनुभयो ।
जुम्लाको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री ओलीले विधेयक प्रमाणीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले सिञ्जा विधेयकलाई सैद्धान्तिक सहमतिका लागि निर्णय गरेको छ ।
विधेयक पारित गर्नका लागि संयोजक नरेश भण्डारी र बलबहादुर महतको नेतृत्वमा पहल समिति नै बनाइएको छ ।
सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडी बढाउन माग
सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडी बढाउन माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
