सुर्खेत । दैलेखको कट्टीमा आज सर्वाधिक १३७ मिलिमिटर वर्षा मापन भएको छ ।
भगवतीमाई गाउँपालिकामा पर्ने कट्टीमा सर्वाधिक वर्षा भएपछि आसपासमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ ।
भगवतीमाइ गाउँपालिका अध्यक्ष गणेश थापाले वेस्तडा खोलामा आएको बाढीले वेस्तडा बजार नजिकै पर्ने गिरी चोकतर्फ कटान भएकाले स्थानीयलाइ सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको बताउनु भयो । बग्ने खहरे र वेस्तडा खोलामा बाढी बढीरहेकोले नागरिकलाई अलर्ट जारी गरिएको हो ।
वर्षासँगै दैलेखको लोहोरे खोला तल्लोढुङगेश्रर जलमापन केन्द्रमा बिहान जलसतह सतर्कता तह पार गरेको छ ।
कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण गएरातिदेखि नै पानी परिरहेको छ ।
महाशाखाले साढे ९ सूचना जारी गरी जलसतह बढ्दो क्रममा रहेको भन्दै खोलाको तटीय क्षेत्रका वासीन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यी प्रदेशका केही ठाउँमा अति ठूलो पानीसमेत पर्ने अनुमान रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाले अबको तीन दिनसम्म पश्चिम नेपालका सबैजसो ठाउँमा पानी पर्ने अनुमान गरेको छ । अब पर्ने सामान्य पानीमा पनि बाढी, पहिरोलगायतका प्रकोपका घटना हुन सक्ने भएकोले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
बिहान वीरेन्द्ररनगरमा ९२ दशलव चार नेपालगन्जमा १०६ दशमलव पाँच र दाङको घोराहीमा ४२ दशमलव दुर्इ मिलिमिटर वर्षा मापन भएको छ।
दैलेखको कट्टीमा आज सर्वाधिक वर्षा
दैलेखको कट्टीमा आज सर्वाधिक वर्षा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
