सुर्खेत । आइतबार बिहानै ५ बजेदेखि कर्णाली प्रदेशभर विद्युत् अवरुद्ध भएको छ । कोहलपुर–सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन चुँडिँदा सुर्खेतसहित कर्णाली प्रदेशभर विद्युत अवरुद्ध भएको हो ।
नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बिच खोलामा रुख ढलेर विद्युत् पोलमा पर्दा तार चुटेर लाइन अवरुद्ध भएको हो । त्यहाँ करिब ६ वटा पोलको तारामा क्षति पुगेको केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख अशोक लोहनीले घना जङ्गलबिचमा भएकाले प्राधिकरणका कर्मचारीहरू बिहानैदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडेपनि बेलुका ६ बजेतिर मात्र पत्ता लागेको र अहिले मर्मत गर्ने काम भइरहेको बताउनुभयो । विद्युत् अवरुद्ध हुँदा नेट, इन्टरनेटसमेत अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ । विद्युत् अवरुद्ध भएपछि कर्णालीमा नेपाल टेलिकमको नेटवर्क सेवा समेत प्रभावित हुने गरेको छ ।
कर्णालीमा दुइदिनदेखि विद्युत सेवा अवरुद्ध
कर्णालीमा दुइदिनदेखि विद्युत सेवा अवरुद्ध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
