सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का धर्मराज रावल शाररिक अपाङ्गता भएका व्यक्ती हुनुहुन्छ । रावल ह्वीलचियरको सहारामा हिडडुल गर्नुुहुन्छ । अघिल्लो महिना रावल आफ्नो व्यक्तीगत कामका लागि भन्दै बाँकेको नेपालगञ्ज जानको लागि सुर्खेत वसपार्क जानुभयो । उहाले टिकट लिनुभयो, तर अपाङ्गता भएका व्यक्तीहरुले यातायातमा पाउनुपर्ने छुट पाउनुभएन । सार्बजनिक यातायातमा पाउनुपर्ने छुट पाउनुपर्ने भएपनि अन्य नागरिकसरह भाडा तिरेर जानुपरेको दुखेसो गर्नुभयो । सुर्खेतबाट नेपालगञ्ज जाँदा मात्रै होइन, फर्कदा समेत आफुले भाडामा छुट नपाएको उहाको गुनासो छ । “मजस्ता अपाङ्गता भएका व्यक्तीहरुले सार्बजनिक यातायतमा आरक्षण सिट र भाडामा छुट अहिले पनि पाउन सक्नुभएको छैन, ऐनमा व्यवस्था गरियो, तर कार्यान्वयन हुन सकेको छैन् । रावल भन्नुहुन्छ,”
अपाङ्गता भएका व्यक्तीहरु बिच बाटोबाट सवारी चढ्दा समेत धेरै समस्या भोग्नुपरेको छ । यातायातका चालक र सहचालकले छुट दिने त परैको कुरा हो, अपाङ्गता भएका व्यक्ती देख्ने वित्तिकै गाडीमा चढाउन समेत आनाकानी गर्ने गरेको उहाको अनुभव छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । रावल जस्तै अपाङ्गता भएका व्यक्तीहरुले यातायतमा आफुहरुले पाउने ५० प्रतिशत छुट पाउन नसकेको गुनासो गर्दै आएका छन् । यातायातमा छुट माग्दा सम्बन्धित यातायात व्ययवसायिहरुले हापार्ने गरेको दुखेसो सुर्खेत गुर्भाकोटका उत्तम विकको छ । विक दृष्टिबिहिन व्यक्ती हुनुहुन्छ । अपाङ्गता अधिकारकर्मी समेत रहनुभएका विकले नै धेरै पटक यस विषयमा विभिन्न फोरमहरुमा कुरा उठाउनुभएको भएपनि कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ ।
“म आफै अपाङ्गता भएका व्यक्तीहरुलाई दिइएको अधिकार कार्यान्वयन गराउनुपर्छ भनेर अभियान चलाएर हिडेको व्यक्ती हुँ । अपाङ्गता भएका व्यक्तीहरुलाई दिइएको अधिकारभित्र पर्ने यातायातमा ५० प्रतिशत छुट प्रयोग गर्न पाएको छैन् । यस विषयमा कुरा गर्दा अव्यववहारिक क्रियालापहरु पाउने गरेका छौँ । सबै सवारीमा आरक्षण सिटको व्यवस्था पनि छैन, यदी आरक्षण सिट छुट्याइएको भएपनि त्यसमा अपाङ्गता भएका व्यक्तीहरुले प्रयोग गर्न पाइरहेका छैनन्,”
अपाङ्गता भएका व्यक्तीहरुको लागि सरकारले गरेको सार्बजनिक यातायातमा छुटको व्यवस्थालाई कार्यान्वयन गरिदिन विकले माग गर्नुभयो ।
अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले अपाङ्गता भएका व्यक्तिलाई सार्बजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्थालाई कार्यान्वयन गर्न जिल्ला प्रशासनलाई बारम्बर ध्यानकर्षण समेत गराउँदै आएका छन् । प्रशासनले सुर्खेतका यातायात प्रालिहरुलाई पत्राचार गर्दै यातायातमा अपाङ्गता भएका व्यक्तीहरुलाई अनिवार्य छुट दिनु भनि निर्देशन समेत जारी गरेको छ । तर त्यसको कार्यान्वयन हुन नसकेको अपाङ्गता अधिकारकर्मीहरुको भनाई छ । अपाङ्गताको क्षेत्रमा काम गर्र्दै आएको राष्ट्रिय अपाङ्ग महासंघ कर्णालीका अध्यक्ष विष्णु शर्माले अपाङ्गता भएका व्यक्तीहरुलाई यातायातमा छुट दिनुपर्ने काुनमै व्यवस्था भएको बताउँदै त्यो अधिकारको रुपमा प्रयोग गर्न नपाएको बताउनुहुन्छ । “सबै अपाङ्गता भएका व्यक्तीहरुले यो अधिकार पाउन सकेका छैनन्, अधिकारको रुपमा भन्दापनि दयाको भावनामा बिचरा भनेर यसलाई छुट दिनुपर्यो भनेर दिएको पाइन्छ, दयाँको भावनामा होइन, अधिकारकै रुपमै छुट दिइनुपर्छ ।”
राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको पहलमा कानुन कार्यान्वयन गराउने नीकाय अन्तरगत रहेको गृह मन्त्रालय अन्तरगतको जिल्ला प्रशासन कार्यालयमा समेत यातायात व्यवसायिहरुसँग छलफल समेत बारम्बार गरेर सार्बजनिक यातायातमा अपाङ्गता भएका व्यक्तीहरुलाई छुट दिने प्रतिवद्धता समेत गराइएको शर्मा बताउनुहुन्छ । “विभिन्न समयमा कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयहरुमा सिडियो साव र यातायात व्यवसायिहरुबिचमा छलफल बनाएर कानुनमै भएको व्यवस्थालाई कार्यान्वयन गराउने प्रतिवद्धता भएको छ, त्यस अनुसार यातायात व्यवसायिहरुले प्रतिवद्धता गरेपनि यसको कार्यान्वयन नहुनुको मुख्य कारण सवारी चालकहरु र कर्मचारीहरुलाई जानकारी नहुँदा कार्यान्वयन हुन सकेन भन्ने लाग्छ ।”
अब अपाङ्गता भएका व्यक्तीहरुको अधिकार ऐन २०७४ मा नै काुननको रुपमा उल्लेख भएको भन्दै यसको कार्यान्वयनको लागि जिल्ला प्रहरी, ट्रफिक प्रहरीले यसको अनुगमनलाई तिव्रता दिनुपर्ने शर्मा बताउनुहुन्छ ।
यता, यातायातमा ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयन नगरेको आरोप लागेका यातायात व्यवसायीहरुले भने आफुहरुले छुटको व्यवस्था गरेको दाबी गरेका छन् ।
टिकक काटेर जाने अपाङ्गता भएका व्यक्तीहरुलाई छुट गर्ने गरिएको सुर्खेतमा संचालित काँक्रेबिहार याताया प्रालिका अध्यक्ष रमेश साप्काटा बताउनुहुन्छ । अपाङ्गता भएका व्यक्तीहरुले छुट पाउने ऐनमा नै व्यवस्था भएको हुँदा भाडामा छुट नदिने कुरै भएन, त्यस्तो छुट पाउनको लागि परिचयपत्र नै लिएर आउनुपर्छ ।
बाटोबाट गाडीमा सवार हुँदा काँही कतै चालक र सहचालकले छुट नदिएको हुन सक्ने भन्दै उहाले त्यस्तो अवस्था बुझ्न नपाएको उहाले बताउनुभयो । “सिडियो सावले पनि पत्राचार गरेपछि हामीले पनि त्यही अनुसारको सर्कुलेसन कर्मचारीहरुलाई गरेका छौँ, अपाङ्गता भएका व्यक्तीहरुले छुट पाउनुभएको छ, कतै नपाएको भए, जानकारी गराउन म अनुरोध गर्दछु ।”
अध्यक्ष साप्कोटाले टिकट काउन्टर बाहेक बाटोबाट कुनै अपाङ्गता भएका व्यक्तीहरु सवार भएपनि छुट दिनुपर्ने भन्दै अन्य यात्रुहरुले पनि उहाहरुको लागि छुट्याइएको सिट छोडिदिनुपर्ने बताउनुभयो ।
भाडा तिरेको किन छोड्ने ? भन्दै प्रश्न नगरि अन्य यात्रुहरुले पनि सहज ढङ्गले अपाङ्गताको लागि छुट्याइएको सिटमा बस्ने वातावरण मिलाउनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।
अपाङ्गता सम्बन्धि ऐन २०७४ मा नै व्यवस्था भएका विषय कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवाला व्यक्तीहरुको माग छ ।–––
सार्बजनिक यातायातमा छुट नपाएको अपाङ्गता भएका व्यक्तीहरुको गुनासो
सार्बजनिक यातायातमा छुट नपाएको अपाङ्गता भएका व्यक्तीहरुको गुनासो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु