सुर्खेत । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याउने जिम्मा चिनिया कम्पनी लागि चिनीयाँ कम्पनी जि—ज्याङ टिम्स इन्टरनेशनल इक्नोमिक एण्ड टेक्निकलल पाएको छ ।
तिन बर्षसम्म पहिलो चरणको काम सक्नेगरी कामको जिम्मा पाएको चिनिया कम्पनीसँग आज ठेक्का सम्झौता भएको हो ।
वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमकाबिच वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपआयोजना कार्यान्वयन गर्ने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाईका प्रमुख संजीवकुमार साह र काम गर्ने चिनीया कम्पनी जि—ज्याङ टिम्स इन्टरनेशनल इक्नोमिक एण्ड टेक्निकल को अप्रेशन कम्पनी लि.का प्रतिनिधि सुशीलकुमार श्रेष्ठ संयुक्तरुपमा त्रिपक्षीय हस्ताक्षर गर्नुभएको छ ।
आव्हान भएको ठेक्कामा ७ वटा निर्माण कम्पनीहरुले प्रस्ताव गरेकोमा चिनिया कम्पनी छनौट भएको हो ।
सम्झौताअनुसार ठेकेदार कम्पनीले पहिलो चरणको काम सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
हस्ताक्षरपछि आफ्नो भनाई राख्दै वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले भेरी लिफ्टिङ आयोजनाको पहिलो खुड्किलो पार भएको बताउनुभयो ।
तिनै तहका सरकारको स्वामित्वमा अगाडी बढेको यो परियोजनालाई सफलतामा पुर्याउनुपर्ने भन्दै यसले संघियताको अभ्यासको पहिलो नमुना रुपमा सुरुवात गर्ने बताउनुभयो ।
विश्व बैंकले नेपालमा लगानी गरेको लिफ्टिङ प्रविधिको देशकै ठुलो परियोजना भएकाले यो परियोजना समयमै सक्नुपर्ने जिम्मेवारी सबैको भएको बताउनुभयो ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाइका प्रमुख सञ्जय कुमार शाहले यो परियोजना ६ वटा पालिकामा लागु भएको भन्दै वीरेन्द्रनगर नगरपालिकाबाट कार्यान्वयन शुरु भएको बताउनुभयो ।
परियोजनाको पहिलो काम भएकाले भेरीबाट पानी ल्याउने काम समयमै गर्नुपर्ने बताउँनुभयो ।
उहाले भेरी पम्पिङ आयोजनाबाट प्रति सेकेण्ड ५ सय ६० मिलिमिटर पानी आउने बताउनुभयो ।
सुर्खेत उपत्यका खानेपानी आयोजनाका अध्यक्ष कुलमणी देवकोटाले धरै लामो प्रतिक्षापछि आयोजनाको काम शुरु भएको भन्दै अबको तिन बर्षभित्र नगरवासीले स्वच्छ पानी पिउन पाउने विश्वास व्यक्त गर्नुभयो ।
यो आयोजना सम्पन्न भएपछि अहिलेको खानेपानीको समस्या समाधान हुने भन्दै सबै पक्षले आयोजना समयमै सम्पन्न गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।
आयोजनाको ठेक्का पाएको चिनिया कम्पनीका सुशिल कुमार श्रेष्ठले तोकिएकै समयमा अयोजना सम्पन्न हुने प्रतिवद्धता जनाउनुभयो ।
उहाले कामको जिम्मा लिएदेखि नै काम रफ्तारले अगाडी बढ्ने भन्दै तोकिएकै समयमा काम सम्पन्न हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
आयोजनाका लागि ८० प्रतिशत सङ्घीय सरकार, २० प्रतिशत रकम प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट जुटाइने छ ।
विश्व बैंकको ऋण सहयोगमा सङ्घीय सरकारको खानेपानी मन्त्रालयले आयोजना निर्माणका लागि वीरेन्द्रनगरलाई ६ अर्ब अनुदान दिएको हो । जस अन्तरगत पहिलो चरणमा ३ अर्बको काम हुने छ ।
वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसङ्ख्याको आँकलन गरेर खानेपानी आयोजना बनाइएको हो ।
भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किमी दुरीमा पम्पिङ गरी वीरेन्द्रनगर–११ मा अवस्थित अमृतडाँडामा पानी ल्याइनेछ । त्यहाँ ९० लाख लिटरको ट्याङ्की निर्माण गरिने छ ।
भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्याङ्की स्थापना गर्ने, अमृत डाडाँदेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार गर्ने पहिलो चरणअन्तर्गतका कार्य हुन । यसका लागि तीन अर्ब खर्च हुने प्रारम्भिक अनुमान छ ।
दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गरिनेछ । दोस्रो चरणमा पनि तिन लाखको लागत लाग्ने छ ।
भेरी पम्पिङ आयोजनाः निर्माणको जिम्मा चिनिया कम्पनीलाई
भेरी पम्पिङ आयोजनाः निर्माणको जिम्मा चिनिया कम्पनीलाई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
