सुर्खेत । सुर्खेतमा पछिल्लो समय सहकारीहरु असुरक्षित बन्दै गएका छन् । विशेषगरी सहकारी ठगीदेखि विभिन्न लुटपाटका घटनाहरु हुन थालेका हुन् ।
बुधबार मात्रै सुर्खेत लेकवेशी नगरपालिकाको जनअपेक्षा कृषि सहकारी संस्थामा सामुहिक लुटपाट भएको छ । लुटपाटमा संङ्लग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् । भने अन्य १७ जना फरार रहेको र उनिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पक्राउ पर्नेमा लेकवेशी नगरपालिका वडा नम्बर ९ का मिना कुमारी सोमै रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रबीर विश्वकर्माले जानकारी दिनुभयो ।
१८ जनाले सामुहिक रुपमा सहकारी तोडफोड गरी कर्मचारीमाथी समेत हातपात गरेको पाइएको भन्दै विश्वकर्माले प्रारम्भिक अनुसन्धानबाट दश लाखभन्दा बढी लुटपाट भएको बताउनुभयो ।
यस विषयमा थप अनुसन्धान भइरहेको उहाले जानकारी दिनुभयो ।
सुर्खेतमा सहकारीहरु असुरक्षित बन्दै, लेकवेशीमा सहकारी लुटपाट
सुर्खेतमा सहकारीहरु असुरक्षित बन्दै, लेकवेशीमा सहकारी लुटपाट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
