सुर्खेत । बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ भने सातजना बिरामी परेका छन् ।
नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट २५ वर्षीय रुसा पासी र उहाँका डेढ वर्षका छोरी नन्दनी पासी तथा ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको हो ।
नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको बताउनु भयो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले झाडापखालाबाट बिरामी भएका अरू सात जनाको स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गरिरहेको बताउनु भयो।
झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको उहाँको भनाई छ । गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको बताएका छन् ।
बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु
बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु