सुर्खेत । पछिल्ला केही बर्षहरुमा वातावरणीय प्रभावहरु बढ्दै गएको प्रति भेरीगंगाका नागरिकहरु चिन्तीत भएकै बेलामा यूएसएड, जलजंगल क्रियाकलाप अन्र्तगत कर्णाली प्रदेश अन्र्ततग सुर्खेतको भेरीगंगा नगरपालिकाका ११, १२, ४ र २ का २०० जना बढीले यस विषयमा जानकारी पाएका छन् ।
पृथ्वी हाम्रो साझा घर हो । यसमा बसोबास गर्ने सम्पुर्ण जिव जनावर, बनस्पती र अन्य सजीव वस्तुहरु मिलेर बसोबार गरिरेहको सन्र्दभमा पछिल्ला बर्षहरुमा हुने विभिन्न मानव सिर्जत तथा प्राकृतिक कारणले वातावरणमा असर परिरहेको यहाँका नागरिकहरुले बताएका छन् ।
विकासका नाममा जथाभावी बाटो, भ्युटावर, र अन्य विकासका पुर्वाधारहरु निर्माण गर्दे गर्दा मानव समुदायले वातावरण र यस संग जोडिएका सबै पक्षको एथोचित योजना निर्माण र कार्यन्वयनमा ध्याना नदिदा यस्तो समस्या आएको भेरी गंगा नगरपालिका वडा नं. ११, हिमालपोखरी टोल विकास सस्थाको अध्यक्ष विष्णा देवी आचार्यले बताउनुभयो ।
हिमालहरु पग्लीनु र हिमरेखा माथी सर्नु, समुद्री सतह बढेर सामुद्रीक तटहरुमा रेहको देशहरुमा विभिन्न समस्या देखिनु र प्रत्येक दशकमा विभिन्न खालका प्राकृतिक विपदहरु देखा परेका छन् । वातावरण संरक्षण नहुदा जिन्दगीमा नदेखेको र नसुनेको सलह किराले मकैबालीमा असर गरेको, कोभिड १९ जस्ता महामारी फैलिएको, आदी समस्या भोग्नु परेको कुरा भेरीगंगा जेसिस वर्ष २०८१ का अध्यक्ष गणेश बहादुर वलीले बताउनुभयो ।
नेपाल विकास उन्मूख राष्ट भएको र विकासका विभिन्न पुर्वाधारहरु निर्माण भईरहको अवस्थामा यो सही समयमा यस्ता वातावरण र सामाजिक सुरक्षाको विषयमा समुदायका नागरिकहरुलाई सचेतना प्रदान गर्नुपर्ने भेरीगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गंग बहादुर खत्रले बताउनुभयो । “हामीले मात्र बुझेर भएन, वातावरणीय चिन्ता र चासो विश्वले गरिरहेको छ । हामी सबैले साथ र समर्थनका साथ वातावरण संरक्षणमा संलग्न हुन आवश्यक छ । हामीले सिकेको कुरा अन्यहरुलाई समेत सिकाउनुपर्छ, यो तालिम अझ व्यापक रुपमा समुदायमा सञ्चालनको लागि म युएसएड जलजंगल परियोजनालाई हार्दिक अनुरोध गर्दछु । वडा अध्यक्ष खत्रीले भन्नुभयो,”
नेपालमा वातावरण र यसका असरहरुको बारेमा व्यापक रुपमा चर्चा परिचर्चा र ज्ञान, सीप तथा धारणाहरु पनि फरक फरक भएकाले वातावरणीय सुरक्षामा नेपाल सरकारका तिनै तहहरु जिम्मेवार भई भईरहेका विद्यमान ऐन कानून र राष्टिय तथा अन्तराष्टिय स्तरमा गरेको प्रतिवद्धताहरुको प्रभावकारी कार्यन्वयन हुन सकेमा वातावरणीय पक्षको सुधारमा टेवा पुग्ने देखिन्छ ।
तालिमका सहभागीहरुले दिनको ६ घण्टाका दरले २ दिनको १२ घण्टा, जलजगल परियोजना द्धारा तयार गरिएको ८ वटा सत्रहरुमा ज्ञान, सीप, धारणा र एैन, कानून तथा परिभाषाहरुको बारेमा जानकारी पाएका थिए ।
सुर्खेतको भेरीगंगामा वातावरण र सामाजिक सुरक्षा सम्बन्धि २ दिने तालिम
सुर्खेतको भेरीगंगामा वातावरण र सामाजिक सुरक्षा सम्बन्धि २ दिने तालिम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
