सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ धुलियाबिटमा एकदिने आँखा जाँच सिबिर संचालन गरि सेवा दिइएको छ ।
मिलन टोल विकास संस्थाको अयोजना, नेपाल रेडक्रस, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा आज (शनिबार) एक दिने मोतिबिन्दु छनौट तथा आँखा चेकजाँच शिविर संचालन गरि सेवा दिइएको हो ।
शिविरमा ८० जना पुरुष र ३५ जना महिला गरी २ सय १५ जनाले सेवा लिएको वडा सचिव तस्विर विकले बताउनुभयो ।
आँखा चेकजाँच गर्दा १६ जनालाई मोतिबिन्दुको र आँखामा मासु पलाएका ३ जनालाई अप्रेसनको लागि सिफारिस गरिएको जनाइएको छ । भने २५ जनालाई चस्मा वितरण गरिएको छ ।
शिविरमा मिलन टोल विकास संस्थाका विभिन्न व्यक्तीहरुको सहभागिता रहेको थियो ।
टोल विकास संस्थाको माग र रामप्रसाद लामिछाने, कृष्ण तिमिल्सेना लगायतकाको सहजिकरणमा आँखा शिविर संचालन गरिएको हो ।
वीरेन्द्रनगर ११ मा आँखा शिविरः दुइसयभन्दा धेरैले लिए सेवा
वीरेन्द्रनगर ११ मा आँखा शिविरः दुइसयभन्दा धेरैले लिए सेवा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु