काठमाडौं । सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको हो ।
यसअघि आजै निर्वाचन आयोगले सरकारलाई मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न सुझाव दिएको थियो । स्थानीय तहमा जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधि रिक्त रहेका छन् । प्रधानमन्त्री ओलीले निर्वाचनलाई मितव्ययीरूपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रह समेत गर्नुभएको छ ।
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुने
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
