सुर्खेत । विगतमा म्याद गुज्रेका उपभोग्य वस्तुहरु भेटिने सुर्खेत वीरेन्द्रनगरका बजारहरुमा सुधार हुँदै गएको पाइएको छ ।
नियमित बजार अनुगमनले व्यवसायि र आम उपभोक्ताहरु समेत सचेत हुन थालेपछि बजारहरुमा सुधार हुँदै गएको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको नेतृत्वमा आज वीरेन्द्रनगरको पिपीरा र इएरपोर्ट क्षेत्रमा संयुक्त बजार अनुमन गरिएको थियो । विगतमा बजारमा म्याद गुज्रेका सामानहरु छरपस्ट पाइने गरेको भएपनि यो पटक भने सुधार भएको देखिएको निर्देशनालयका बजार अनुगमन प्रमुख माधव प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
उहाका अनुसार ११ वटा विभिन्न खाद्य र खुद्रा पसलहरुको अनुगमन गरिएकोमा सबै पसलहरुमा राम्रो नतिजा देखिएको छ । “विगतमा म्याद गुर्जेका सामानहरु पनि धेरै भेटिन्थे, पसलहरु समेत दर्ता नगरि चलाउने गरिएको हुन्थ्यो, भने खानाहरुमा रङहरुको प्रयोग पनि गर्ने गरिएको भएपनि आज गरिएको अनुगमनले त्यो सबै सुधार भएको देखियो । उहाले भन्नुभयो,”
वीरेन्द्रनगर बजारहरुमा दैनिक उपभोग्य वस्तुहरु उपभोग र विक्रिवितरणमा आम उपभोक्ताहरु सचेत बन्दै गएको देखिएको उहाले बताउनुभयो ।
उपभोक्ताहरुले विशेषगरी म्याद गुज्रेका, लेवलिङ नगरिएका, रङको प्रयोग गरिएको खानाहरु खाँदा स्वास्थ्यमा गम्भिर असर हुन सक्ने भन्दै त्यतार्फ सचेत हुनुपर्ने सुझाव दिने गरिएको छ ।
निर्देशनालयको अगुवाईमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुर्खेत उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघको संयुक्त टोली वीरेन्द्रनगरका विभिन्न पसलहरुको अनुगमन गरेको हो ।
चाडपर्व लक्षित अनुगमनलाई तिव्र बनाइने
यसैबिच, निर्देशनालयले चाडपर्व लक्षित अनुगमनलाई तिव्रता दिने तयारी गरेको छ । दशैँ, तिहार छट लगायतका चाडपर्वहरु नजिकिएसँगै बजारमा अखाद्य वस्तुको विक्रि वितरण हुन सक्नेतर्फ ध्यान दिँदै अनुगमनलाई तिव्रता दिने तयारी गरिएको हो ।
निर्देशनालयका प्रशासकीय अधिकृत थिर बहादुर श्रेष्ठले गत आर्थिक बर्षमा सुर्खेतका विभिन्न बजारहरुमा १२ पटभन्दा धेरै अनुगमन गरिएको भन्दै यो बर्ष पनि बजार अनुगमनलाई तिव्रता दिइने बताउनुभयो ।
उहाले अब दशैँ तिहार लगायतका ठुला चाडहरु नजिकिएको भन्दै यो बेलामा बजारमा सामान किन बेच बढ्ने भन्दै अनुगमनलाई बढाइने बताउनुभयो ।
बजारमा कालोबजारी हुन नदिन र म्याद गुर्जेका तथा गैह्रखाद्य वस्तुको किनमिल हुन सक्नेतर्फ उपभोक्ताहरु सचेत हुनुपर्ने उहाको सुझाव छ ।
यदी काँही कतै गुणस्तरहिन, म्याद गुर्जेका सामानहरु विक्रि वितरण भएको भेटिए कारवाही हुने उहाको भनाई छ ।
नियमित अनुगमनले सुर्खेतमा अखाद्य वस्तुहरु विक्रि वितरणमा सुधार हुँदै
नियमित अनुगमनले सुर्खेतमा अखाद्य वस्तुहरु विक्रि वितरणमा सुधार हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
