सुर्खेत । नेपाली विद्यार्थी टार्जन बुढाथोकी इमर्जिङ लिडर अल्मुनाई अवार्डको फाइनलिस्टको सूचीमा पर्नुभएको छ ।
स्टडी मेलवर्नले प्रदान गर्ने भिक्टोरियन इन्टरनेसनल एजुकेसन अवार्डका लागि ७ विधामा दिने अवार्डमध्ये बुढाथोकीको नाम इमर्जिङ लिडर अल्मुनाई अवार्डको लागि प्रकाशित अन्तिम नामावलीमा समावेश भएको हो ।
उहासँगै भारतका फजिल मोह्मद र बंगलादेशका हसन मुट्टाकिन पनि छन्। तीनमध्ये एक जनाले इमर्जिङ लिडर अवार्ड पाउनेछन् ।
२०२२ मा मेलवर्न इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट व्याचलर अफ इन्जिनियरिङ टेक्नोलोजिष्ट गरेका बुढाथोकी टिएक्सओ कम्पनीमा काम गर्नुुहुन्छ । बुढाथोकी सन् २०१८ मा अस्ट्रेलिया जानुभएको हो ।
विश्वविद्यालय पढ्दा देखाएको नेतृत्वदायी क्षमता, आफ्नो समुदायमा गरेको योगदान र भिक्टोरियाको अन्तर्राष्ट्रिय शिक्षामा गरेको योगदानका आधारमा प्रतिस्पर्धी छानिन्छन् ।
उहा मेलवर्नमा रहेका नेपाली विद्यार्थी र यहाँ हुर्किंदै गरेको नेपालीभाषी पुस्तालाई एकआपसमा घुलमिल गराउने अनि यहाँको संस्कृतिसँग समेत परिचित गराउने उद्देश्यले स्थापना भएको मेलवर्न नेपालका उपाध्यक्ष हुनुहुन्छ ।
इमर्जिङ लिडरको अवार्ड पाएमा त्यसले नेपाली समुदायलाई भिक्टोरियामा चिनाउन थप सहज हुने बुढाथोकीले बताउनुभयो।
टार्जन बुढाथोकी इमर्जिङ लिडरको फाइनलिस्टमा
टार्जन बुढाथोकी इमर्जिङ लिडरको फाइनलिस्टमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
