सुर्खेत । कर्णालीका विभिन्न जलाधारहरुको संरक्षण गर्नेगरी योजना निर्माण गरि कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
जलजंगल परियोजना र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगतको डिभिजन जलाधार व्यवस्थापन कार्यालयले आज वीरेन्द्रनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
पछिल्लो समय जथाभावी सडकहरु खनिदा पनि भुक्षयसँगै पानीका मुहानहरु सुक्ने क्रम बढेको उनिहरुको भनाई छ ।
सडकहरु निर्माणसँगै वृक्षारोपन गरिनुपर्ने भन्दै डिभिजन जलाधार कार्यालय प्रमुख शिखर चपाईँले वीरेन्द्रनगरको तल्लो जलाधार क्षेत्रको अति सम्बेदनशिल भएकाले यसमा नगरपालिका र प्रदेश सरकारले संयुक्त योजना बनाउनुपर्ने बताउनुभयो ।
विगतमा माथिल्लो क्षेत्रमा पानीका आहालहरु रहेको र अहिले ति आहालहरु हराउँदै गएकाले रिचार्ज पोखरीहरु निर्माण गरि पानीको मुहान बढाउन योजना बनाउन आवश्यक रहेको उहाले औँल्याउनुभयो ।
डिभिजन जालाधार व्यवस्थापन कार्यालयलयले कर्णालीका पाँच जिल्ला हेर्दै आएको छ । पाँच जिल्लामध्य सुर्खेत वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र अति सम्बेदनशिल रहेको छ ।
विशेषगरी खोला आसपासमा वस्ती अव्यवस्थित ढङ्गले बसोबास हुन थालेको भन्दै चपाईँले यसको पनि व्यवस्थापन गर्न वृहत योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यालयका वरिष्ट जलाधार अधिकृत दिपेश केसीले सुर्खेतमा बार्षिक रुपमा एक सय ५० मिलिमिटर बर्षा हुने गरेको बताउनुभयो ।
उहाले २०७१ सालमा ४ सय मिलिमिटर बर्षा भएको र यसले जनधनको क्षती गरेको स्मरण गराउँदै दिगो व्यवस्थापन हुनेगरी जलाधार संरक्षणमा जुट्नुपर्ने बेला आएको बताउनुभयो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका वन अधिकृत रेणुका न्यौपानेले पनि पछिल्लो समय पानीका मुहानहरु सुक्दै गएकाले पानीका मुहान बढाउन रिचार्ज पोखरी, वृक्षारोपनका क्रियाकलापममा ध्यान दिन आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रम विभिन्न सामुदायिक वनका उपभोक्ता समितिका पदाधिकारीसहितको सहभागिता रहेको छ ।
डिभिजन जलाधार व्यवस्थापन कार्यालयको वजेट कार्यान्वयन भने सुस्त रहेको पाइएको छ । गत आर्थिक बर्षमा २३ करोड वजेटमध्य १० करोड मात्रै खर्च गर्न सकेको देखिएको छ ।
सरोकारवालाहरुले वजेट कार्यान्वयनलाई समेत तिव्रता दिन सुझाव दिएका छन् ।
जलाधारहरुको संरक्षण गर्नेगरी योजना निर्माण गर्न सुझाव
जलाधारहरुको संरक्षण गर्नेगरी योजना निर्माण गर्न सुझाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
