सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एकजना सुत्केरीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । गएराति वीरेन्द्रनगर नगरपालिका–६, का १९ वर्षीय शर्मिला कुमालको उपचारका क्रममा मृत्यु भएको हो ।
उहाँका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका हुन् । सुत्केरीका आफन्तहरूले अप्रेसनमा सहभागी डाक्टरहरूलाई कारबाहीको माग गरेर आन्दोलन गरेका छन् । आफन्तले आन्दोलन गरेपछि ठुलो संख्यामा प्रहरी तैनाथ परिचालन गरिएको छ ।
सुत्केरी बेथा लागेर अस्पताल भर्ना हुनुभएका कुमालको रक्तस्राव भएको र आइसियुमा राखेर उपचार गर्दै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले सुत्केरीलाई ज्वरो पनि आइरहेको र रक्तस्रावपछि बेहोस भएकोले आइसियुमा राखेर उपचार गरिरहेको बेला बिहान मृत्यु भएको बताउनु भयो ।
समस्या समाधानकालागि अहिले अस्पताल प्रशासन र पीडितहरू छलफल भइरहेको उहाको भनाई छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एकजना सुत्केरीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एकजना सुत्केरीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु