सुर्खेत । आगामी मंसिर १६ गते हुनेगरी तय गरिएको स्थानीय तहको उपनिर्वाचनमा कर्णालीका रिक्त ८ पदका लागि मतदान हुने भएको छ ।
विभिन्न कारणले रिक्त रहेका कर्णालीका ८ स्थानीय तहमा उपनिर्वाचन हुने भएको हो ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार दैलेख, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, डोल्पा र कालिकोटका ८ स्थानीय तहमा निर्वाचन हुन लागेको छ ।
उपनिर्वाचनबाट एक अध्यक्ष, एक नगर उपप्रमुख र दुई उपाध्यक्ष तथा चार जना वडाअध्यक्ष निर्वाचित हुने छन् ।
जस अन्तरगत दैलेखको महावु गाउँपालिका अध्यक्षको लागि निर्वाचन हुने छ । यो पालिकामा स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित अध्यक्ष लक्ष्मण गुरूङको निधन भएको थियो । उहाँ नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको थियो ।
यस्तै, दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष पदको लागि पनि उपनिर्वाचन हुँदै छ । यो वडामा नेकपा एमालेबाट बिर्खबहादुर शाही अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाको ब्रेन ट्युमरबाट निधन भएपछि वडा अध्यक्षको पद रिक्त भएको हो ।
यसैगरी, जाजरकोटको नलगाडको नगर उपप्रमुखको लागि पनि मतदान हुँदै छ । उपप्रमख सरिता सिंहको भुकम्पमा परि निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको छ । जाजरकोटकै कुशे गाउँपालिका वडा नम्बर ७ वडा अध्यक्ष मनबहादुर घर्तीको पनि निधन भएपछि वडा अध्यक्षको पद रिक्त छ ।
यस्तै, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परि निधन भएपछि रिक्त पदमा निर्वाचन हुन लागेको प्रदेश निर्वाचन अधिकारी नन्दराम चौलागाईंले जानकारी दिनुभयो ।
उहाका अनुसार रुकुम पश्चिमको सानीभेरी वडा नम्बर ५ को वडा अध्यक्ष, डोल्पाको त्रिपुरा सुन्दरी वडा नम्बर ५ को वडा अध्यक्ष, कालिकोटको तिलागुफा
वडा नम्बर ४ को वडा अध्यक्ष पद समेत रिक्त रहेकाले उपनिर्वाचन हुन लागेको छ ।
उपनिर्वाचनबाट कर्णालीका एकजना गाउँपालिका अध्यक्षसहित ८ जना चुनिँदै
उपनिर्वाचनबाट कर्णालीका एकजना गाउँपालिका अध्यक्षसहित ८ जना चुनिँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु