सुर्खेत । सुर्खेत वीरेन्द्रनगर ३ मा म्याद सकिएका खाद्यवस्तु बिक्री गर्ने गरेको पाइएको छ ।
चाडपर्वलाई लक्षित गरेर उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुर्जेका सामाग्री बेच्ने गरेको भेट्टाएको हो ।
वीरेन्द्रनगर नगरपालिका ३ एरिचोक स्थित विभिन्न १३ वटा पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा करिब २४ हजारको म्याद गुर्जेका सामग्री नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत थिर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
केही पसलहरुमा लेवलिङ नगरिएका वस्तुहरु तथा उत्पादन मिति सकिएका वस्तुहरु, दालसहितका अन्य गुणस्तरहिन वस्तुहरु नष्ट गरिएको उहाले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा भेटिएका कमिकमजोरी सुधार्न सुझाब सहित व्यापारीलाई कारवाहीको चेतावनी दिइएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुगमन अधिकृत माधव प्रसाद न्यौपानेले बताउनुभयो ।
गत भदौ ३१ गते पनि निर्देशनालयले वीरेन्द्रनगर ११ स्थित विभिन्न ११ वटा पसलको अनुगमन गरिएको थियो । त्यो क्षेत्रमा भने केही सुधार भएको देखिएको उहाले बताउनुभयो ।
पछिल्लो समय आम उपभोक्ताहरुमा सचेतना भने फैलिएको भन्दै कमजोरी कसैले गर्न नहुने उहाको भनाई छ ।
निर्देशनालयको अगुवाईमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च सुर्खेत, सुर्खेत उद्योग वाणिज्य संघको संयुक्त टोली वीरेन्द्रनगरका विभिन्न पसलहरुको अनुगमन गरेको हो ।
चाडपर्व लक्षित बजार अनुगमनः म्याद गुर्जेका २४ हजार बढीको खाद्यवस्तु नष्ट
चाडपर्व लक्षित बजार अनुगमनः म्याद गुर्जेका २४ हजार बढीको खाद्यवस्तु नष्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु