सुुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनको सन्दर्भमा नेविसंघले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि समाधानको लागि वार्ता समिति गठन भएको छ ।
केन्द्रीय कार्यालयमा नै तालाबन्दी गरेपछि विश्वविद्यालयको प्रशासनिक कामहरू प्रभावित भएपछि विद्यार्थीहरुको माग सम्बोधन गर्न भन्दै वार्ता समिति गठन भएको हो ।
विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. नारायणप्रसाद पौडेलले दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरूको पूर्वसन्ध्यामा गरिएको तालाबन्दीले प्राध्यापक, कर्मचारीहरूको तलब भत्ता निकासा लगायतका दैनिक आर्थिक प्रशासनिक कामकारबाहीहरू प्रभावित भएको बताउनुभयो ।
विश्वविद्यालयले ताला खोलेर सहयोग गर्न आह्वान गरेपनि नेविसंघले नमानेपछि बिहीबार वार्ता समिति गठन गरिएको उहाको भनाई छ ।
ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्ट डीन प्रा.डा दीपबहादुर रावलको नेतृत्वमा दुई सदस्यीय समिति गठन गरिएको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा नारायणप्रसाद पौडेलले बताउनुभयो ।
वार्ता समितिको सदस्यमा प्रा.डा यमबहादुर कार्की र सह–प्रा.डा लीलाधर तिवारी रहेका छन् ।
उक्त समितिले केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्ने वातावरण तयार गर्न र नेविसंघ लगायत अन्य क्रियाशील विद्यार्थी संघ, संगठनहरुसँग सामुहिकरुपमा वार्ता तथा संवाद गर्ने छ ।
साथै स्ववियू निर्वाचनको उपयुक्त समय तय पनि उक्त समितिले गर्ने बताइएको छ ।
मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दीः नेविसंघसँग वार्ता गर्न समिति गठन
मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दीः नेविसंघसँग वार्ता गर्न समिति गठन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु