सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विद्यालयले देशलाई चाहिने प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नु पर्ने बताउनुभएको छ ।
आज शिव माध्यमिक विद्यालय धुलियाबिटको ४० औं वार्षिक उत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले विद्यालयले केवल सिकाउने मात्र नभएर देशलाई आवश्यक पर्ने योग्य र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नु पर्ने उल्लेख बताउनुभएको हो ।
आजको आवश्यकता भनेको प्रतिस्पर्धा गर्न योग्य शिक्षा सहित राम्रो संस्कार भएको जनशक्ति उत्पादन गर्नु भएको भन्दै उहाले शिक्षामा असल संस्कारको कमी भएको हो कि जस्तो देखिएको बताउनुभयो ।
यस तर्फ अभिभावक र विद्यालय परिवारको ध्यान जान आवश्यक रहेको मुख्यमन्त्री कँडेलको भनाई थियो ।
शिक्षा क्षेत्रलाई समस्यालाई समाधान गर्न कर्णाली प्रदेश सरकार लागेको बताउँदै सरकारको कामलाई प्रभावकारी बनाउन शिक्षा सँग सम्बन्धित सबै सरोकार वालाले साथ दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई छ ।
मुख्यमन्त्री कंडेलले भेटनेरी किल्लिक, कुखुरा फर्म, धान खेती लगाएत परम्परागत सांस्कृतिक एवं घरेलु पर्दशनीको अवलोकन समेत गर्नुभयो ।
वार्षिक उत्सवका अवसरमा विद्यालयका प्रधानाध्यापक पूर्ण प्रसाद पौडेलले विद्यालयको समग्र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सामाजिक परीक्षण प्रतिवेदन विद्यालयका शिक्षक रत्न प्रसाद कडेलले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा सप्ताहव्यापी खेलकुद प्रतियोगिता अतिरिक्त क्रियाकलाप तथा अन्य शैक्षिक पुरस्कारहरु समेत वितरण गरिएको विद्यालयका शिक्षक गणेश ढकालले जानकारी दिनुभयो ।
उहाका अनुसार वर्ष शिक्षक वर्ष, विद्यार्थी र वर्ष अभिभावक तथा विद्यालयलाई सहयोग गर्ने व्यक्तीहरुलाई सम्मान गरिएको हो ।
वार्षिक उत्सव तथा अभिभावक दिवस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
शिव मावीको बार्षिक उत्सवः दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने मुख्यमन्त्री कंडेलको जोड
शिव मावीको बार्षिक उत्सवः दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने मुख्यमन्त्री कंडेलको जोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु