काठमाण्डौ । मुसलधारे वर्षासँगै आएको बाढी पहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर कम्तीमा ५० जनाभन्दा धेरैको मृत्यु भएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ ।
आज दिउँसोसम्मको तथ्याङ्क अनुसार काठमाण्डौमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेमा ६, मकवानपुरमा ३ जना, पाँचथरमा ५, सिन्धपाल्चोकमा २, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १–१ जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको ज्यान गएको छ । १२ जना बेपत्ता रहेका छन् ।
बाढीपहिरोमा परेर केही घाइते भएका छन् । कम्तीमा १५ जना हराइरहेका छन् ।
मकवानपुरमा ज्यान गुमाउनेहरुमा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका तीन जना विद्यार्थी रहेका छन् ।
हिजो कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित ठाउँतर्फ जानेक्रममा उनीहरु बेपत्ता भएका ६ जना मध्ये तीन जनाको शव भेटिएको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताउनुभयो ।
कुलेखानी बाँध खोल्दा इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन् ।
बाढी पहिरोमा देशभर ५० जनाभन्दा धेरैको मृत्यु, १५ जना भन्दा धेरै बेपत्ता
बाढी पहिरोमा देशभर ५० जनाभन्दा धेरैको मृत्यु, १५ जना भन्दा धेरै बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु