सुर्खेत । उच्च शिक्षा हासिल गर्न कठिनाई भोगिरहेका कर्णालीका अपाङ्गता भएका व्यक्तीहरुलाई परिलक्षित संस्थाले सहयोग गरेपछि सहज हुन थालेको छ ।
आर्थिक अभाव र विभिन्न अवरोधका कारण आफ्नो उच्च शिक्षा हासिल गर्न कठिनाई भोगिरहेका ५० जना अपाङ्गता भएका व्यक्तीहरुलाई परिलक्षितले शैक्षिक सहयोग गर्न गरेपछि सहज हुन थालेको हो ।
संस्थाको शैक्षिक सहयोग कार्यक्रम अन्तरगत गरिबी र अपाङ्गता भएकै कारण आफ्नो उच्च शिक्षा हासिल गर्न कठिनाई भोगिरहेका उनिहरुलाई प्रति व्यक्ती मासिक पाँच हजार रकम सहयोग गर्दै आएको परियोजना फिल्ड अफिसर राजु लामिछानेले जानकारी दिनुभयो ।
उहाका अनुसार यो रकम उनिहरुले उच्च शिक्षा हासिल गरुन्जेलसम्म प्राप्त गर्ने छन् । यो रकमले आफ्नो सिकाई खर्च गर्न सक्ने भन्दै उहाले सानो रकमकै कारण अपाङ्गता भएका व्यक्तीहरु उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य रहेको उहाको भनाई छ ।
संस्थाले कर्णालीका अपाङ्गता भएका ५० जना विद्यार्थीको लागि मासिक दुइलाख ५० हजार रकम उनिहरुको शिक्षाको लागि सहयोग गर्दै आएको छ ।
आफुहरुको उच्च शिक्षा हासिल गर्न संस्थाले गरेको यो कार्यले ठुलो सहयोग पुगेको विद्यार्थीहरूले प्रतिक्रिया दिएका छन् ।
रकम अभावकै कारण आफुहरुजस्ता अपाङ्गता भएका व्यक्तीहरुले उच्च शिक्षा हासिल गर्न नपाएको स्मरण गर्दै संस्थाको यो कार्यको प्रसंशा गरेका छन् ।
यसैबिच, संस्थाको शैक्षिक सहयोग कार्यक्रम अन्तरगत आज ९सोमबार० ३३ जना अपाङ्गता भएका व्यक्तीहरुलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरिएको छ ।
लामिछानेका अनुसार विभिन्न प्रकारका अपाङ्गता भएका विद्यार्थीहरुलाई स्पिकर, पेनड्राइभ, र झोला वितरण गरिएको हो ।
परिलक्षित संस्थाले अपाङ्गताको अधिकार प्रवद्र्धनको लागि पैरवीका साथै उनिहरुको समग्र अवस्था सुधार गर्नको लागि सरकारसँग मिलेर काम गरिरहेको छ ।
परिलक्षित संस्थाको सहयोगपछि उच्च शिक्षा हासिल गर्न सहज
परिलक्षित संस्थाको सहयोगपछि उच्च शिक्षा हासिल गर्न सहज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु