सुर्खेत । जुनतारा प्राथमिक विद्यालय वीरेन्द्रनगर ६ सुर्खेतले आफ्नो बार्षिक आय व्यय रकम सार्बजनिक गरेको छ ।
विद्यालयको सामाजि लेखा परिक्षण गरी विद्यालयको गत आर्थिक बर्षको आय व्यय विवरण सार्बजनिक गरेको हो ।
जस अन्तरगत विद्यालयलयले ३३ लाख ७२ हजार २८ रुपैयाँको आम्दानी गर्दा ३२ लाख ७१ हजार ५ सय ३६ रुपैयाँ खर्च गरेको विवरणमा जनाइएको छ । अहिले ९३ हजार एक सय ८१ रुपैयाँ बैंक मौज्दात रहेको अविभावक संघको शिक्षक प्रतिनिधि लंका कुमारी योगीले बताउनुभयो ।
शिक्षक अविभावक संघका अध्यक्ष नारायण तिमिल्सेनाको अध्यक्षतामा सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर थापा लगायत अविभाकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहकिरण प्रधानाध्यापक जमुनादेवी गौलेले गर्नुभएको थियो ।
जुनतारा प्राथमिक विद्यालय सुर्खेतको बार्षिक आय व्यय रकम सार्बजनिक
जुनतारा प्राथमिक विद्यालय सुर्खेतको बार्षिक आय व्यय रकम सार्बजनिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु