सुर्खेत । सुर्खेतमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ बस्ने ३८ वर्षीया ज्योती ओली रहनुभएको छ ।
आज बिहिबार बिहान गुर्भाकोट नगरपालिका–७ सानोठकेनीमा दसैँको घर सजावटको लागि खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर उहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।
उहाका अनुसार हाल इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम खड्काको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।
सुर्खेतमा माटो खन्ने क्रममा ढुङ्गाले च्यापेर महिलाको मृत्यु
सुर्खेतमा माटो खन्ने क्रममा ढुङ्गाले च्यापेर महिलाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु