सुर्खेत । दशैं तिहार तथा छट जस्ता ठुला चाड पर्वहरु नजिकिएसँगै सुर्खेतमा बजार अनुगमनलाई तिव्र बनाइएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको अगुवाईमा चाडपर्व लक्षित बजार अनुगमन तिव्र बनाइएको हो ।
निर्देशनालयको अगुवाईमा सुर्खेतमा चारपटक बजार अनुगमन गरिएको भन्दै केही ठाउँमा गुणस्तरहिन र म्याद गुज्रेका सामानहरु भेटिएको र ति सामानहरु नष्ट गरिएको निर्देशनालय सुर्खेतका प्रशासकीय अधिकृत थिर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाका अनुसार केही दिनअघि सुर्खेत वीरेन्द्रनगरको इएरपोर्ट क्षेत्र, वीरेन्द्रनगरकै वडा नम्बर ३ को एरिचोक क्षेत्रका साथै सुर्खेतको पञ्चपुरीमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको थियो । ती क्षेत्रमा गरिएको अनुगमनको क्रममा ५० हजार बराबरको म्याद गुज्रेका सामानहरु नष्ट गरिएको उहाले बताउनुभयो ।
यसैबिच, आज सुर्खेत वीरेन्द्रनगर १ र २ को बाङ्गेसिमल क्षेत्रमा पनि बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा म्याद सकिएका खाद्यवस्तु बिक्री गर्ने गरेको पाइएको भेट्टिएको उहाले जानकारी दिनुभयो ।
१६ वटा पसलहरुमा अनुगमन गर्दा ललिता अर्डर एण्ड सप्लायर्समा मात्रै कुकिज विष्कुट, करी मसला, करी मसला, पनिर मसला, स्वायविन लगायतका ६ हजारभन्दा धेरैको म्याद गुज्रेको सामान नष्ट गरिएको भन्दै आगामी दिनमा यस्ता सामानहरु नबेच्न र बेचेको पाइए कारवाही हुने चेतावनी दिइएको उहाले बताउनुभयो । अनुगमनको क्रममा केही पसलहरुमा लेवलिङ नगरिएको स्वायविन समेत विक्रि हुने गरेको पाइएको छ ।
यस्तै, अन्य पसलहरुमा पनि म्याद गुज्रेको सामानहरु फेला परेकाले त्यस्ता सामानहरु नबेच्न निर्देशन दिइएको छ । श्रेष्ठले सामान किन्न जाँदा उपभोक्ता पनि सचेत हुनुपर्ने भन्दै काँही कतै गुणस्तरहिन सामानहरु विक्रि वितरण भएको थाहा भए जानकारी गराउन अनुरोध गर्नुभयो ।
यसैबिच, होटेलहरुमा सरसफाई नगरिएको, खानाहरुमा रङ्गको प्रयोग हुने गरेको तथा केही ठेला पसलहरुमा नक्कली चुकको प्रयोग हुने गरेको भेट्टिएपछि नष्ट गरिएको छ ।
यस्तो कार्य गर्नेलाई हुने कानुनी सजायका विषयमा समेत सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका विवेक कुमार सुवेदीले बताउनुभयो ।
अनुगमनको क्रममा भेटिएका कमिकमजोरी सुधार्न सुझाब सहित व्यापारीलाई कारवाहीको चेतावनी दिइएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुगमन अधिकृत माधव प्रसाद न्यौपानेले बताउनुभयो ।
पछिल्लो समय आम उपभोक्ताहरुमा सचेतना भने फैलिएको भन्दै कमजोरी कसैले गर्न नहुने उहाको भनाई छ ।
निर्देशनालयको अगुवाईमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च सुर्खेत, सुर्खेत उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघको संयुक्त टोली वीरेन्द्रनगरका विभिन्न पसलहरुको अनुगमन गरेको हो ।
चाडपर्व लक्षित बजार अनुगमन तिव्रः म्याद गुर्जेका सामाग्री नष्ट, उपभोक्तालाई सचेत हुन आग्रह
चाडपर्व लक्षित बजार अनुगमन तिव्रः म्याद गुर्जेका सामाग्री नष्ट, उपभोक्तालाई सचेत हुन आग्रह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
