सुर्खेत । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ ।
नेपालीहरूको महान पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न प्रदेशभरि चार हजार ३५१ प्रहरी परिचालन गरिएको हो ।
चाडपर्वको बेला हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिलाई रोकथाम, नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्न उक्त योजना निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताउनुभयो ।
‘चाडपर्व सुरक्षा योजनाका साथै विपद्लाई पनि लक्षित गरेर यो योजना कार्यान्वयन गर्नरगराउन प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरूबाट उल्लिखित सङ्ख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको छ’, उहाले भन्नुभयो,” उहाका अनुसार परिचालित प्रहरीमध्ये चार हजार ९९ जनपद र २५२ ट्राफिक प्रहरी रहेका छन् ।
चाडपर्वका समयमा जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी विभिन्न आपराधिक घटना हुनेसक्ने, सवारी दुर्घटनाका घटना, बैङ्क तथा वित्तीय सङ्घसंस्थालगायत क्षेत्रमा हुने लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, पाकेटमारीजस्ता आपराधिक गतिविधि कम तथा निरुत्साहित गर्ने उद्देश्यले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको भट्टराइको भनाई छ ।
सुरक्षा योजनाअनुसार प्रदेश तथा जिल्ला कमान्ड १२ पोष्टहरुमा १४५ जना प्रहरी परिचालन गरिएको छ । प्रदेश तथा जिल्ला ‘रिजर्भ’ टोली १४ वटामा ४०१ प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
भवितव्य वा आकस्मिक रुपमा कुनै घटना घट्दा परिचालित प्रहरी जनशक्ति अपुग भएमा रिजर्भ टोलीले सहयोग गर्ने प्रहरी नायब महानिरीक्षक भट्टराईले बताउनुभयो ।
त्यसैगरी, ४८ मोबाइल गस्ती टोलीमा २ सय ३४, एक सय दुई मोटरसाइकल गस्तीमा १५२, पैदल गस्तीअन्तर्गत २ सय ३३ गस्तीमा ६ सय २७, एक सय नौ तत्काल प्रतिकार्य टोली (क्युआरटी) परिचालन गरी त्यसअन्तर्गत २ सय ४८, लामो तथा छोटो दूरीको एक सय गस्तीमा तीन सय ७७, पिकेट एक सय १३ स्थानमा दुई सय ७६, स्ट्राइकिङ नौ स्थानमा ७६ र मातहत प्रहरी अनुगमन तीनवटामा २४ जना प्रहरी परिचालन गरिएको उहाले बताउनुभयो ।
लामो तथा छोटो दूरीको गस्तीअन्तर्गत एक सय गस्तीमा ३ सय ७७ जना प्रहरी खटाइएको छ ।
नियमित, विशेष तथा आकस्मिक चेकिङका लागि १ सय ६२ स्थानमा ३ सय ९०, पचासी ठाउँमा ट्राफिकसहित १ सय ९९ प्रहरी र बैङ्क तथा वित्तीय सङ्घसंस्था, बजार अनुगमन, विशिष्ट व्यक्तिको सुरक्षालगायतको सुरक्षाका लागि १ सय ९८ स्थानमा ७ सय ५० प्रहरी परिचालन गरिएको प्रहरी जनाएको छ ।
कर्णालीमा चाडपर्वको सुरक्षाको लागि चार हजार प्रहरी परिचालन
कर्णालीमा चाडपर्वको सुरक्षाको लागि चार हजार प्रहरी परिचालन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
