सुर्खेत । सुर्खेत वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षका महेश पौडेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
हिजो साँझ साढे ६ बजेतिर दैलेख चोकबाट आउँदै गर्दा कालिन्चोकमा भे ५ प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उपचारका क्रममा राति ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सडकमा छाडा छोडिएको गाईसँग ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ ।
सुर्खेत वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु
सुर्खेत वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
