सुर्खेत । फिष्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरिएको छ । इन्टरनेशनल नेपाल फेलोसिप (आईएनएफ) र तत्कालिन मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको साझेदारीमा सन २००९ ’देखि सञ्चालित प्रसव फिस्टुला उपचार द्वारा नेपालका ग्रामिण भेगका फिस्टुला प्रभावित महिलाको स्वास्थ्य सेवाका लागि निर्माण गरिएको फिस्टुला उपचार केन्द्रको हस्तान्तरण गरिएको हो ।
केन्द्रको आज कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आईएनएफ नेपालका कार्यकारिणी समिति अध्यक्ष रामचन्द्र तिमोथीको उपस्थितिमा प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण कार्य गरिएको हो ।
हस्तान्तरण समारोहमा बोल्दै प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले फिस्टुलाको उपचारको लागि कर्णालीका जनतालाई सेवा दिएको भन्दै आइएनएफको प्रशंसा गर्नुभयो ।
फिस्टुला सम्बन्धिको उपचार सेवा अब गाउँगाउँसम्म पुर्याउनुपर्ने भन्दै उहाले सबै नीकायको सहयोग आवश्यक हुने उल्लेख गर्नुभयो ।
प्रदेश सरकार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले फिस्टुला उपचारको लागि प्रभावकारी सेवा प्रदान गर्न अनुरोध गर्नुभयो ।
उहाले आईएनएफले गरेको कामको प्रसंशा गर्दै आगामी दिनमा समेत सरकार सँगको साझेदारी कायम रहने विश्वास व्यक्त गर्नुभयो ।
सन् २०३० सम्म फिस्टुला उन्मूलनका लागि प्रदेश सरकार निरन्तर लाग्ने प्रतिवद्दता व्यक्त मन्त्री भण्डारीले गनुर्भएको छ ।
फिस्टुला अपरेशनका क्रममा उपलब्ध हुने सुविधाको गुणस्तरमा कमी हुन नदिनेगरी सरकारले योजना बनाउने भन्दै उहाले उपचारमा खटिने डाक्टरहरुले मेडिकल ज्ञान मात्र प्राप्त गरी सामाजिक ज्ञान नलिएको कारण झिनामसिना समस्याहरू देखिने गरेको बताउनुभयो ।
फिष्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण
फिष्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु