सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विषादी परिक्षण प्रयोगशाला संचालनमा ल्याइएको छ ।
कृषि मन्त्रालय अन्तरगत कृषि प्रयोगशालाको सहयोगमा सुर्खेत वीरेन्द्रनगरको बुलबुले हाटबजारमा विषादी परिक्षण ल्याव संचालनमा ल्याइएको हो ।
ल्यावको आज कर्णाली प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले उद्घाटन गर्नुभयो ।
मन्त्री शाहले कर्णाली प्रदेशमा विषादी परिक्षण संचालनमा आएसँगै नागरिकको स्वास्थ्यमा सहजता हुने बताउनुभयो ।
उहाले सरकारले अर्गानिक प्रदेश बनाउने लक्ष्य लिएको भन्दै त्यो समेत यो परिक्षण केन्द्रले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
साउनबाट परिक्षण शुरु गरिएको भएपनि औपचारिक उद्घाटन भने आज गरिएको हो ।
परिक्षण ल्यावमा साउनदेखि कात्तिकसम्म विभिन्न फलफुल र तरकारीका ४९ वटा नमुनाको रुपमा विषादीको मात्राको अवस्था परिक्षण गरिएको थियो ।
जसमा भारतबाट आएका फलफुल तरकारीमध्य ५ वटा नमुना परिक्षण हुँदा चिनबाट आएका वस्तुको एउटा नमुना परिक्षण गरिएको कृषि हाटबजार समितिले जनाएको छ ।
यस्तै, सल्यान र सुर्खेतका ५÷५ वटा, दैलेखका २०, जुम्ला ५, दाङबाट आएका ६ र कैलालीबाट आएको एउटा तरकारी र फलफुलजन्य वस्तुको परिक्षण गरिएको जनाएको छ ।
कार्यक्रममा बोल्दै एकिकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्र बहादुर रोकायले अब कर्णालीमा चालु आर्थिक बर्षमा थप भएका प्रयोगशालामध्य पाँचौ नम्बरमा रहेको बताउनुभयो । यसअघि चार वटा ठाउँमा विषादी परिक्षण प्रयोगशाला चालु आर्थिक बर्षभित्रै स्थापना भएको जानकारी दिनुभयो ।
देशभर विषादी प्रयोगशालाको संख्या १२ पुगेको उहाको भनाई छ । यो प्रयोगशाला स्थापनासँगै कर्णालीका जनताले स्वास्थ्यमा असर पर्न सक्नेगरी विषादीयुक्त तरकारी फलफुल खान नपर्ने विश्वास उहाले व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न सरोकारवाला नीकायका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
कर्णालीमा विषादी परिक्षण प्रयोगशाला संचालन
कर्णालीमा विषादी परिक्षण प्रयोगशाला संचालन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
