जाजरकोट । जाजरकोटका राजनीतिक दलहरुले कर्णलीका मुख्यन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
भूकम्प प्रभावित जिल्लाहरुको अनुगमनका निस्किएका मुख्यमन्त्री कँडेललाई जिल्ला स्थित दलहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा भूकम्पपछिको पुनर्निमाण, सहुलियत कर्जा उपलब्ध गराउन पहल गर्नेदेखि मध्यपहाडी राजमार्गको मन्ताभीर खण्डको निमार्ण कार्य नभएको विषयहरु समेटिएको छ।
दलहरुले जिल्ला अस्पताल जाजरकोटलाई विशेषज्ञ सेवा सहितको सेवा सञ्चालनकालागि आवाश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
यस्तै जाजरकोट जिल्लाका विभिन्न ठाउँमा रहेका काईननाईट, टुरमालीन जस्ता बहुमुल्य पत्थर खानी, बारेकोटको फलामखानी उत्खनन् तथा प्रशोधनकालागि प्रदेश सरकारले बजेट व्यवस्था गरिदिन आग्रह गरेको छ ।
कर्णलीका मुख्यन्त्री कँडेललाई जाजरकोटका राजनीतिक दलहरुको १० बुँदे ध्यानाकर्षण पत्र
कर्णलीका मुख्यन्त्री कँडेललाई जाजरकोटका राजनीतिक दलहरुको १० बुँदे ध्यानाकर्षण पत्र
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
