सुर्खेत । कर्णालीमा चिकित्सकहरुको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका आफ्नै नागरिकहरुलाई डाक्टर पढ्न सहयोग गर्न थालेको छ ।
प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढीरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीहरुलाई छात्रावृत्ती मार्फत सहयोग गर्न थालेको हो ।
निर्देशनालयले अहिले प्रदेशका एमविविएस पढीरहेका दश जना विद्यार्थीहरुलाई छात्रावृत्ती सहयोग गरिरहेको छ ।
प्रति विद्याथी बार्षिक ४ लाखका दरले छात्रावृत्ती प्रदान गरिएको भन्दै निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले जानकारी दिनुभयो ।
उहाका अनुसार आर्थिक बर्ष २०७९÷८० मा ४ लाखका दरले ४० लाख र आर्थिक बर्ष २०८०÷०८१ मा मा पनि ४० लाख गरि जम्मा ८० लाख रकम एमविविएस पढ्ने विद्यार्थीको लागि छात्रवृत्ती दिइएको छ ।
छात्रवृत्ती पाउनेमा नेसनल मेडिकल कलेज विरगंजमा एमविविएस पढीरहनुभएका कालिकोटका निहान शाही, काठमाडौं मेडिकलमा अध्यन गरिरहनुभएका जाजरकोटका लक्सन शाही, नेपालगञ्ज मेडिकल कलेजमा अध्यन गरिरहनुभएका जुम्लाका बिनोद रोकाय र त्यही कलेजमा अध्यन गरिरहनुभएका डोल्पाका कमल विष्ट हुनुहुन्छ ।
यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्यन गरिरहनुभएका दैलेखका आदित्य गौतम, मनिपाल कलेजमा पढीरहनुभएका रुकुम पश्चिमका विशाल केसी, चितवन मेडिकल कलेजमा अध्यन गरिरहनुभएका सल्यानका आकाश अधिकारी, काठमाडौं विश्वविद्यालयमा अध्यन गरिरहनुभएका सुर्खेतका राज पोख्रेल हुनुहुन्छ ।
यसैगरी, हुम्लाका भुवन बुढा र अंग्मु लामालाई पनि प्रदेश सरकारले छात्रवृत्ती दिएको छ ।
नेपाल कर्णालीमा चिकित्सक अभाव हुन नदिनेगरी सरकारले योजना बनाएको भन्दै हमालले सरकारको मापदण्ड पुरा गरेका विद्यार्थीहरुलाई एमविविएस पढ्नको लागि छात्रवृत्ती प्रदान गरिने जानकारी दिनुभयो ।
कर्णालीमा डाक्टर आउन नमान्ने समस्या अब हल हुँदै जाने सरकारको अपेक्षा छ । कर्णालीबाट नै अहिले डाक्टर उत्पादन भइरहेको छ भने पछिल्लो समय चिकित्सा शिक्षा पढ्ने पनि बढेका छन् ।
यसका साथै सरकारले इन्जिनियर, आइटी, भेटेनरी, नर्सिङ, अहेव, कृषि लगायतका प्राविधिक शिक्षा अध्यन गर्नेहरुको लागि पछि छात्रवृत्ती प्रदान गर्दै आएको छ ।
छोरी बुहारी छात्रवृत्तीको नाममा समेत सरकारले रकम अभावले प्राविधिक शिक्षा लिन नपाएका कर्णालीका महिलाहरुलाई समेत अध्यन गर्न सहज बनाएपछि अहिले प्राविधिक शिक्षा पढ्ने महिलाहरु समेत बढेको निर्देशक हमालले बताउनुभयो ।
“पछिल्लो समय प्रदेश सरकारले प्राविधिक शिक्षामा समेत जोड दिएको छ, चिकित्सा शिक्षासँगै प्राविधिक शिक्षा पढ्ने गरिब जेहेन्दार विद्यार्थीहरुलाई कार्यविधिअनुसार छात्रावृत्ती मार्फत अध्ययन गर्न हामीले सहज बनाएका छौँ, यसले मलाई लाग्छ कर्णालीमा दक्ष जनशक्ती उत्पादनमा सहयोग पुग्ने छ । निर्देशक हमालले भन्नुभयो,”–––
डाक्टर उत्पादन गर्दै कर्णाली सरकार, दश जनाले पढ्दै एमविविएस
डाक्टर उत्पादन गर्दै कर्णाली सरकार, दश जनाले पढ्दै एमविविएस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु