सुर्खेत । पछाडी पारिएका व्यक्तीहरुलाई राज्यको पहुँचमा ल्याउनको लागि सबै गैर सरकारी संस्थाहरुले हातेमालो गरेर काम गर्नुपर्नेमा जोड दिइएको छ ।
अपाङ्गता भएका आदीबासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्र सुर्खेतले वीरेन्द्रनगरमा विभिन्न सरोकारवाला व्यक्तीहरुसँग गरेको परिचयात्मक तथा सुझाव संकलन कार्यक्रममा सहभागि भएका उनिहरुले यस्तो बताएका हुन् ।
अधिकारकर्मी शर्मिला विसीले अपाङ्गता भएका व्यक्तीहरु अहिले पनि राज्य पहुँचमा आउन नसकेको भन्दै उनिहरुलाई दिइएको अधिकार सुनिश्चितताको लागि सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको महत्वपूर्ण भुमीका हुने बताउनुभयो ।
उहाले यसमा अपाङ्गता भएका आदीबासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्रले पहल कदमी लिनुपर्नेमा जोड दिँदै भ्रखरै मात्र संचालनमा आएको संस्थाले सबै नीकायसँग समन्वय गर्न सुझाव दिनुभयो ।
अधिवक्ता गिता कोइरालाले पनि हरेक नागरिकको अधिकार सुनिश्चित हुन आवश्यक रहेको भन्दै त्यसको लागि सबै संस्थाहरु एकमत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाले आदीबासी जनजाती त्यसमा पनि महिला, तथा अपाङ्गता भएका व्यक्तीहरुको सवालमा पैरवी गर्नुपर्नेमा जोड दिनुभयो । उहाले अनुसन्धान र विकास केन्द्रलाई सफलताको शुभकामना दिनुभयो ।
यस्तै एकल महिला समुह सुर्खेतका अध्यक्ष ममता नगालले पनि सबै सामाजिक संस्थाहरुले हातेमालो गर्दै समाज रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाले गैर सरकारी संस्थाहरुले सरकारका साझेदार भएकाले पनि संयुक्त रुपमा सवालहरु उठाउने र त्यसको समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै, मानव अधिकार आयोग कर्णाली संयोजक मान बहादुर कार्कीले समाजमा पछाडी पारिएका व्यक्तीहरु राज्यको पहुँचमा पुग्न नसकेको अवस्थालाई मानवअधिकारको क्षेत्रभित्र पर्ने भएकाले पनि आफुहरुको चासो हुने बताउनुभयो ।
गैर सरकारी संस्था महासंघ कर्णालीका अध्यक्ष प्रकाश सारुले अपाङ्गता भएका आदीबासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्रलाई सफलताको शुभकामना व्यक्त गर्दे सबैसँग समन्वय र सहकार्य बढाउन आग्रह गर्नुभयो ।
अपाङ्गता भएका आदीबासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्रका अध्यक्ष प्रथमा श्रेष्ठले भ्रखरै जन्मिएको संस्थाले सबैसँग सहकार्य गर्दै अपाङ्गताको सवालमा पैरवी गर्ने बताउनुभयो । अब समाज रुपान्तरणका लागि सबै नागरिकले समान अधिकार पाउनुपर्ने भन्दै त्यसका लागि आफुहरुले आवाज बुलन्द गर्ने समेत उहाले प्रतिवद्धता जनाउनुभयो ।
राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायतका सरोकारवाला नीकायहरुसँग पनि परिचयात्मक र शुभकामाना आदाप्रदान कार्यक्रम सम्पन्न गरिएको अपाङ्गता भएका आदीबासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्रका सचिव संगिता वराल मगरले जानकारी दिनुभयो ।
पछाडी पारिएका व्यक्तीहरुलाई राज्यको पहुँचमा ल्याउन हातेमालो गरौँः सरोकारवाला
पछाडी पारिएका व्यक्तीहरुलाई राज्यको पहुँचमा ल्याउन हातेमालो गरौँः सरोकारवाला
"अपाङ्गता भएका आदीबासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्रको शुभकामना आदानप्रदान "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु