सुर्खेत । कुनै वाधाविरोध र रुकावट बिना ३० दिनसम्म लगातार काम गर्न पाए सुर्खेतको वीरेन्द्रनगर ६ मंगलगढीचोक नजिकै सञ्चालनमा ल्याइएको अक्फाल्ट प्लान्ट तुरुन्तै बन्द गर्ने प्रतिवद्धता निर्माण कम्पनीले जनाएको छ ।
अक्सफाल्ट प्लान्टका कारण उत्पन्न समस्याको पहिचान तथा समाधानका लागि सुर्खेत उद्योग वाणिज्य संघले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रियामा निर्माण कम्पनीले यस्तो प्रतिवद्धता जनाएको हो ।
सडक कालोपत्रे बनाउनका लागि आवश्यकपर्ने बिटुमन बनाउने अक्सफाल्ट प्लान्ट व्यस्त शहरको मुख्य केन्द्रमै सञ्चालनमा ल्याउँदा त्यसबाट निसक्ने धुलोधुँवाले प्रदूषण र स्वास्थ्य सम्बन्धित समस्या बढाएको भन्दै चर्को आलोचना हुन थालेपछि संघले समस्या समाधनका लागि पहल थालेको हो ।
कार्यक्रममा निर्माण व्यवसायी लिलाराज उपाध्यायले अबको दुई महिनामा कालोपत्रेको सम्पूर्ण काम सकिने र त्यसका लागि निर्वाध रुपमा जम्माजम्मी ३० दिन मात्र प्लान्ट सञ्चालन गर्न पाए काम सकिएको भोलिपल्टै प्लान्ट हटाउने प्रतिवद्धता जनाउनु भयो ।
वीरेन्द्रनगरका वडा नं.१ देखि १४ सम्मका सहायक तथा भित्री सडक निर्माणका लागि आवश्यक पर्ने बिटुमन बनाउनका लागि मंगलगढीमा प्लान्ट सञ्चालनमा ल्याइएको हो ।
उपत्यका क्षेत्रका ४८ वटा सडकको कूल लम्बाई जम्मा १७ किलोमिटरको कामको ठेक्का रहेको बताउँदै उहाँले त्यसमध्ये १६ वटाको काम पूरा भएको र ३२ वटा सडकको ७० प्रतिशत काम बाँकी रहेको जानकारी दिनुभयो ।
विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्या तथा कतिपय वडामा सडक विस्तारका क्रममा स्थानीयबीच उत्पन्न विवादले पनि निर्धारित समयमा काम सक्न अप्ठेरो भैरहेको उहाँको जिकिर छ ।
धुँवा कम गर्नका लागि आपूmहरुले अक्सफाल्ट प्लान्टको उत्पादक कम्पनीले दिएको भन्दा ३ वटा चिम्नी थपेर अग्लो बनाएको बताउँदै उहाँले, फेरि चिम्नी थप्दा उत्पादन कम हुने र त्यसबाट निर्माण कार्य झनै सुस्त हुने तर्क गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारले आपूmले पनि बिहानी हिंडाइका क्रममा अक्सफाल्टबाट निस्किएको धुँवाको नराम्रो अनुभव गर्नुपरेको भन्दै सकेसम्म कम प्रभाव पर्ने गरी छिटो काम सम्पन्न गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा पूर्व नगरप्रमुख देवकुमार सुवेदीले गत असारमै कामसक्ने गरी सम्पूर्ण तयारी भएपनि बजेट अभावका कारण बीचमा काम रोकिंदा यस्तो समस्या लम्बिएको उल्लेख गर्नुभयो ।
विगतमा रात विरात काम गर्दासमेत सडकको गुणस्तरबारे प्रश्न उठाएर कहिले नेतृत्वलाई आर्थिक लेनदेनको झुटा आरोप लगाएर निर्माण कार्यमा अवरोध खडा गर्ने गरिएको दुःखेसो सुनाउनुभयो ।
अक्सफाल्ट प्लान्ट सञ्चालनमा आएको ठाउँ नजिकै जोडिएर रहेको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी सहायक निरीक्षक मोहन पन्तले कार्यालय नजिकै रहेको प्लान्टका कारण काम गर्नसमेत अप्ठेरो हुँदै गएको गुनासो गर्नुभयो ।
दिनभर सडकमा धुँवाधुलो सहनुपर्ने आपूmहलाई कार्यालय नजिकैफेरि उस्तै अवस्था भोग्नुपर्दा धेरैजसो ट्राफिक प्रहरी आँखा, नाक र घाँटीसम्बन्धी स्वास्थ्य समस्याबाट पीडित रहेको उल्लेख गर्नुभयो ।
वडा नं. १ का अध्यक्ष दिनेश खत्री र ६ का अध्यक्ष जनक रावलले प्रदूषण नियन्त्रण गर्न वडावासीहरुबाट आपूmहरुलाई व्यापक दवाब परिरहेको भन्दै साधन श्रोत या जनशक्ति थप्ने र दैनिक काम गर्ने समय बढाएर छिटो निर्माण सक्न आग्रह गर्नुभयो ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले व्यवसायीहरु विकास विरोधी नभएको भन्दै तर विकासले विनाश निम्त्याउन नहुनेमा जोड दिनुभयो ।
विगतमा पनि मुख्य सडक र नाला बनाउँदा हप्ता दिनसम्म पसल बजार बन्द गरेर निर्माण कार्यमा सहयोग पुर्याइएको उल्लेख गर्दै उहाँले
कार्यक्रमका सहभागीले आगामी दिनमा लामो समयको निर्माण कार्य गर्दा यस्ता प्लान्टहरु वस्ती, बजार र जनघनत्व कम भएको ठाउँमा सञ्चालनमा ल्याउनुपर्ने सुझाव पनि दिएका छन् ।
कार्यक्रममा नेकपा एमालेका सचिव मोहन वडुवाल, नेकपा माओवादी केन्द्रका टोपबहादुर टंग्लामी, कांग्रेसका नगरसभापति उपेन्द्र खड्कालगायतले जनस्वास्थ्य र वातावरण कम प्रतिकूल असरपर्ने गरी विकास निर्माणको काम गर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो ।
अक्फाल्ट प्लान्ट तुरुन्तै बन्द गर्ने प्रतिवद्धता
अक्फाल्ट प्लान्ट तुरुन्तै बन्द गर्ने प्रतिवद्धता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु