सुर्खेत । सुर्खेत दैलेख सडक खण्ड अन्तरगत वीरेन्द्रनगरको कपासे व्यारेक नजिक फोर्स दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।
कर्णाली प्रदेश ०२०१ ख ०१८८ नम्बरको फोर्स गाडी नेपाली सेनाको कपासे व्यारेक नजिक गेट अगाडिको मोडबाट करिब एक सय मिटर तल गाडी खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।
गाडी दुर्घटनामा घाइते भएका २६ जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपभाचारका लागि पठाएको र दुइजनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।
सुर्खेतको भेरीगंगा नगर पालिका –१० झिलमिलेबाट पिकनिकका लागि वीरेन्द्रनगरको कटकुवा गएर फर्किने क्रममा त्यही दिशाबाट आइरहेको मालबाहक ट्रकलाई ओभटेक गर्ने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाई छ ।–––
सुर्खेतमा हाइस दुर्घटना: २६ यात्रु घाइते
सुर्खेतमा हाइस दुर्घटना: २६ यात्रु घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
