सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुको हरेक क्षेत्रमा पहुँच पुर्याउनेगरी नीति बनाउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
सिविएमको सहयोगमा नेत्रहिन युवा संघ जिल्ला शाखा सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा अपाङ्गतामैत्री निर्देशिकाको स्थानीयकरण सम्बन्धी एक दिने संवात कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।
उनिहरुले स्थानीय र प्रदेश सरकारले बनाउने ऐन कानुन अपाङ्गतामैत्री हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
अहिले पनि अपाङ्गता भएका व्यक्तीहरुको अवस्थामा सुधार हुन नसकेको भन्दै सरकारले त्यही अनुसारको नीति बनाउन नेत्रहिन युवा संघ सुर्खेतका अध्यक्ष उत्तम विकले आग्रह गर्नुभयो ।
उहाले समान आधारमा पाउनुपर्ने सेवा सुविधा र अवसरमा पहुँच नभएको अवस्था रहेको बताउनुभयो ।
यसैगरी, अपाङ्गता भएका व्यक्तीहरुको सार्बजनिक जीवनमा सहभागिता नहुनु, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभुत अधिकारमा पहुँच नपुगेको भन्दै यसका लागि सरकारहरु गम्भिर हुनुपर्ने उहाको भनाई छ ।
यस्तै, अपाङ्गता भएका बालबालिकामा अहिले पनि उच्च मृत्युदर रहेको, वहिरा व्यक्तीहरुको लागि संचारको अभाव लगायका समस्या अहिले पनि कायम रहेकाले यसलाई सुधार गर्नेगरी नीति बनाउन आवश्यक रहेको उहाले औँल्याउनुभयो ।
अपाङ्गताको सवालमा नेत्रहिन युवा संघले पैरवीका कामहरु गरिरहेको उहाले जानकारी गराउनुभयो ।
कार्यक्रममा अपाङ्गतामैत्री प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धि निर्देशिकाले व्यवस्था गरेका व्यवस्थाहरुको बारेमा परिवार कल्याण महाशाखाका अमृता पहाडीले प्रस्तुती राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले अपाङ्गता भएका व्यक्तीहरुका सवालहरुलाई योजनामा प्रथामिकतामा राखिने बताउनुभयो ।
उहाले सरकारले अपाङ्गताका सवालहरुलाई छुट्टै ऐन, कानुन बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृश बहादुर शाही लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
अपाङ्गता भएका व्यक्तीहरुको हरेक क्षेत्रमा पहुँच पुर्याउनेगरी नीति बनाउनुपर्नेमा जोड
अपाङ्गता भएका व्यक्तीहरुको हरेक क्षेत्रमा पहुँच पुर्याउनेगरी नीति बनाउनुपर्नेमा जोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
