सुर्खेत । सुर्खेत–दैलेख सिमानामा पर्ने रानिमत्तामो फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।
शुक्रबार (आज) दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रि भई दुर्घटनामा भएको हो ।
घाइतेहरु २५ जनाको उद्धार गरि प्रदेश अस्पताल सुर्खेत ल्याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी वीरेन्द्रबीर विश्वकर्माले जानकारी दिनुभयो ।
“चारजनाको दुर्घटना स्थलमै मृत्यु भएको छ, घाइते २५ जनालाई उद्धार गरि प्रदेश अस्पताल सुर्खेत पठाएका छौँ, घाइतेमध्य केहीको अवस्था गम्भिर छ, दुर्घटनाको कसरी भयो, अनुसन्धान गरिरहेका छौँ, डिएसपी विश्वकर्माले भन्नुभयो ।”
२९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ । सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम बढेको प्रहरीको भनाई छ ।–––
दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटनाः चार जनाको मृत्यु, २५ जना घाइते
दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटनाः चार जनाको मृत्यु, २५ जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
