सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुको अधिकारका लागि सरकारी तथा गैर सरकारी नीकायहरुले सकरात्मक सुधारका कामहरु गरेको बताएका छन् ।
अपाङ्ग महिला समाज सुर्खेतले आज वीरेन्द्रनगरमा अआयोजना गरेको अपाङ्गता भएका किशोरी तथा महिलाहरुको लागि सरोकारवालाहरुको परामर्श बैठकमा सहभागी सरोरकारवालाहरुले यस्तो बताएका हुन् ।
राउण्ड टेवल छलफल गरि हालसम्म अपाङ्गताको क्षेत्रमा गरिएका कार्य र चुनौती तथा आगामी योजनाका प्रस्तुत गरिएको थियो ।
संस्थागततर्फबाट अपाङ्गताको क्षेत्रमा गरिएका कार्यहरुको बारेमा जानकारी गराउँदै अधिकारकर्मी शर्मिला विसीले अपाङ्गता भएका व्यक्तीहरुलाई न्यायिक नीकायमा जानका लागी कानुनी सहयोग गरिएको बताउनुभयो ।
यस्तै, सार्बजवनि सवारी साधनमा दिइने छुटमा कार्यान्वयनका विषयमा सहमती, उपचार तथा पुनः स्थापना, सहायक सामाग्री नापजाँच तथा वितरणमा वहस, पैरवी लगायतका कार्य संस्थागत क्षेत्रबाट गरिएको उल्लेख गर्नुभयो ।
पहुँचयुक्त शिक्षाको लागि काम गर्ने, अपाङ्गता भएका व्यक्तीहरुको लागि नीति तयार गर्ने, बनेका नीतिहरुको कार्यान्यनवको लागि जोड दिने लगायतका कार्य गर्ने आगामी योजना रहेको उहाको भनाई छ ।
उहाले काम गर्ने क्रममा विभिन्न चुनौतीहरुको समेत सामना गर्नुपरेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सकारी कार्यालयहरुको तर्फबाट गरिएका कार्यको समेत प्रस्तुती गरिएको थियो । सरकारी कार्यालयहरुको तर्फबाट अपाङ्गता भएका व्यक्तीहरुको लागि गरिएका कार्यको जानकारी गराउँदै वीरेन्द्रनगर नगरपालिका माधुरी न्यौपानेले अपाङ्गता भएका व्यक्तीहरुको लागि अपाङ्गता परिचय पत्र वितरण कार्यविधि २०७५ तयार गरिएको बताउनुभयो ।
वीरेन्द्रनगर स्तरिय अपाङ्गता समन्वय समिति गठन, नियमित बैठक बसेको, अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि घुम्ती शिविर संचालन गरिएको उहाले बताउनुभयो ।
न्यौपानलेले अपाङ्गता भएका व्यक्तीहरुको लागि आयआर्जन तथा सचेतनाका कार्यक्रमहरु समेत संचालन गरिएको जानकारी गराउनुभयो ।
प्रदेश तथा स्थानीय सरकारले अपाङ्गता भएका विद्यार्थीहरुको लागि छात्रावृत्ती प्रदान गरेको, अपाङ्गता भएका व्यक्तीहरुलाई स्वास्थ्य बिमा कार्यक्रममा सहयोग गरेको लगायतका कार्य गरिएको जनाइएको छ ।
विशेषगरी अपाङ्गता परिचय वितरण सम्बन्धि प्रावधानमा बुझाइ नहुनु, एकिकृत तथ्याङ्क नहुनु, तिन तहका सकारहरुकबिचमा समन्वय नहुनु, अपाङ्गता भएका व्यक्तीहरुप्रतिको बुझाइमा अभाव हुनु, ऐन, कानुनको कमी लगायतका समस्या रहेको सरकारी नीकायका व्यक्तीहरुको भनाई छ ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले अपाङ्गताको सहजताको लागि पहुँचयुक्त संरचना निर्माणमा ध्यान दिइएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तीहरुले उद्योगधन्दा संचालन गरेको खण्डमा कर छुटको व्यवस्था गरिएको बताउनुभयो ।
उहाले अपाङ्गता भएका व्यक्तीहरुका लागि वीरेन्द्रनगर नगरपालिकाले दोभाषेको व्यवस्था समेत गरेको भन्दै यसले गर्दा उनिहरुलाई सेवा लिन सहज भएको बताउनुभयो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनाल, सुर्खेत जिल्ला समन्वय समिति उपप्रमुख, राष्ट्रिय मानव अधिकार आयोग लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम अपाङ्गता अधिकार कोष अन्तरगतको हाम्रो अधिकारको लागि हाम्रो आवाज परियोजनाको आर्थिक सहयोग तथा हिमाली शिक्षा र विकासको नेतृत्व र अपाङ्ग पुनः स्थापना तथा ग्रामिण विकासको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
अपाङ्गताको क्षेत्रमा सरकारी तथा गैर सरकारी नीकायको काम सकरात्मक
अपाङ्गताको क्षेत्रमा सरकारी तथा गैर सरकारी नीकायको काम सकरात्मक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु