सुर्खेत । कर्णाली याक्सका प्रमुख प्रशिक्षक तथा नेपालको राष्ट्रिय टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले उत्कृष्ट प्रदर्शन गर्ने बताउनु भएको छ ।
सुर्खेतको वीरेन्द्ररनगरमा आज (शुक्रबार) भएको पत्रकार सम्मेलनमा मल्लले कर्णाली याक्सको टिम सन्तुलन मिलेको भन्दै उपाधी रक्षा गर्ने बताउनुभएको छ ।
उहाँले कर्णालीका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले ट्यालेन्ट हन्ट’बाट यस क्षेत्रका खेलाडीहरु छनोट गरिने बताउनुभयो ।
ट्यालेण्ड हन्ट’बाट छनौट भएका खेलाडीहरूलाई काठमाडौंमा लगेर क्याम्पमा राखिने र त्यहाँबाट एकजना छनौट गरिने बताउनुभया ।
उहाँले आगामी दिनहरुमा कर्णालीबाट धेरै खेलाडीहरु उत्पादन गर्ने उदेश्य रहेको भन्दै खेलक्षेत्रमा लगानी आवश्यक रहेको औल्याउनु भयो ।
यसैबीच, भारतीय चर्चित खेलाडी शिखर धवनको कर्णाली याक्सको आगमनलेसमग्र नेपाली क्रिकेटका लागि खुसी तुल्याएको उहाँको भनाई छ ।
धवनको उपस्थितिलेकर्णालीको टीम थप मजबुद भएको भन्दै अन्य खेलाडीहरुमा पनि उहाँबाट सिक्ने मौका पाउने बताउनुभयो ।
कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी सहित राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव सुर्खेतमा रहनु भएको छ ।
यस्तै नेपाली अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् ।
सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । कर्णाली याक्सले विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ ।
मंसिर १५ देखी पुष ६ गते सम्म सञ्चालनहुने प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन ।
नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदम खड्काले कर्णाली याक्सको टिमले कर्णालीबाट खेलाडी छनोट गरिने बताउनुभयो ।
पहिलो चरणमा आज १५ जनाबाट पाँच जना छनौट गरेर काठमाडांै लगिने छ र त्यहाँबाट एक जनाले खेलका लागि अबसर पाउने उहाले बताउनुभयो ।
एनपिएलमा कर्णाली याक्सले उत्कृष्ट प्रदर्शन गर्छः ज्ञानेन्द्र मल्ल
एनपिएलमा कर्णाली याक्सले उत्कृष्ट प्रदर्शन गर्छः ज्ञानेन्द्र मल्ल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु