सुर्खेत । सुर्खेतमा रहेको जनसेवा मावी घुस्रामा संचालित बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि विशेष कक्षा प्रभावकारी हुँदै गएको छ ।
विशेष शिक्षा संचालनमा आएसँगै विभिन्न गैरसरकारी नीकायहरुले पनि सहयोग गर्न थालेपछि बौद्धिक अपाङ्गता कक्षा प्रभावकारी बन्दै गएको हो ।
विद्यालयमा अहिले १२ जना बौद्धिक अपाङ्गता भएका बालबालिका रहेको भन्दै उनिहरुले विशेष शिक्षासँगै विभिन्न सिपहरु समेत सिकाउने गरिएको शिक्षक लक्ष्मी नेपालीले जानकारी दिनुभयो ।
उहाका अनुसार बौद्धिक रुपमा अपाङ्गता भएर अध्यन गरिरहेका बालबालिकालाई आवशिय सुविधा समेत उपलब्ध गराइएको छ ।
अन्य कक्षा पनि अध्यन गराउनुपर्ने भएका कारण केही चुनौती रहेको शिक्षक नेपालीले बताउनुभयो । सरकारले बौद्धिक अपाङ्गता शिक्षाका लागि छुट्टै शिक्षकको व्यवस्था गनुपर्ने उहाको माग छ ।
अपाङ्गता अधिकार ऐन, २०७४ ले १० किसिमका अपाङ्गताहरूमा परिभाषित गरेको छ । अपाङ्गता बालबालिकालाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यले उक्त बौद्धिक अपाङ्गता विशेष शिक्षा संचालनमा ल्याइएको वीरेन्द्रनगर नगरपालिका शिक्षा अधिकृत एवम सुचना अधिकारी उत्तम प्रसाद आचार्यले जानकारी दिनुभयो ।
यो कक्षालाई अझै व्यवस्थित र प्रभावकारी बनाउनको लागि नगरपालिकाले विभिन्न गैरसरकारी नीकायहरुसँगको साझेदारीमा योजना निर्माण गर्ने उहाको भनाई छ ।
परिलक्षितको सहयोग
अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाले घुस्रामा रहेको बौद्धिक अपाङ्गता विशेष कक्षा संचालनमा सहयोग पुर्याएको छ ।
विभिन्न शैक्षिक सामग्रीहरुका साथै फर्निचरहरु गरी एक लाख ५० हजारको सहयोग गरेको जनाएको छ ।
यसले थोरै भएपनि बौद्धिक अपाङ्गता भएका बालबालिकाको सिकाईमा सहजता होस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाका परियोजना प्रमुख राजु लामिछानेले बताउनुभयो ।
संस्थाले अपाङ्गताको क्षेत्रमा विभिन्न सहयोगहरु गर्दै आएको छ । जस अन्तरगत यो बर्ष भएका क्रियाकलापको आज अनुगमन गरिएको छ ।
संस्थाले सिद्ध बहिरा विद्यालय वीरेन्द्रनगरमा समेत पलङ तथा विभिन्न शैक्षिक सामग्री सहयोग गर्दै आएको छ ।
परिलक्षितको सहयोगले विद्यालयलाई धेरै राहत भएको विद्यालयका प्रधानाध्यापक चिन्तामणी कंडेलले बताउनुभयो ।
संस्थाले अपाङ्गता भएका व्यक्तीहरुलाई आत्मनिर्भर बनाउन विभिन्न कृषि उद्यमशिलतामा पनि सहयोग गरेको जनाएको छ ।
सुर्खेतमा रहेको बौद्धिक अपाङ्गता विशेष कक्षा प्रभावकारी हुँदैः परिलक्षि संस्थाको सहयोग
सुर्खेतमा रहेको बौद्धिक अपाङ्गता विशेष कक्षा प्रभावकारी हुँदैः परिलक्षि संस्थाको सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु