सुर्खेत । परिलक्षित संस्थाले सहयोग गरेपछि सुर्खेतमा संचालित अपाङ्गता विशेष कक्षा संचालनमा सहज भएको छ ।
संस्थाले सुर्खेतका तिन पालिकाका विभिन्न विद्यालयमा संचालित अपाङ्गता विशेष कक्षाहरु संचालनको लागि आर्थिक, शैक्षिक जनशक्ती सहयोग गरेको हो ।
संस्थाले पुर्वी सुर्खेतको गुर्भाकोटको नगरपालिकाको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा संचालित अपाङ्गता विशेष कक्षाको शिक्षक, तथा विभिन्न सामग्री र शैक्षिक सहयोग गरिएको संस्थाले जनाएको छ ।
विद्यालयको लागि विशेष कक्षा शिक्षकसहित विभिन्न शैक्षिक सामग्री गरि यो बर्ष मात्रै ३ लाख २१ हजार पाँच सय रुपैयाँ सहयोग गरिएको संस्थाका परियोजना प्रमुख राजु लामिछानेले जानकारी दिनुभयो ।
विगतमा खानेपानीको समस्या रहेको विद्यालयमा परिलक्षित संस्थाले खानेपानी अन्तरगत पाइप, फिल्टर लगायतका सामग्री सहयोग गरेपछि खानेपानीको समस्या समाधान भएको प्रधानाध्यापक हर्क बहादुर बुढाले बताउनुभयो ।
प्रधानाध्यापक बुढाका अनुसार एकजना विशेष कक्षा शिक्षकसहित १६ जना अपाङ्गता भएका विद्यार्थीहरुलाई पोषणयुक्त खाना समेत सहयोग पाउँदा विद्यालयलाई विशेष कक्षा संचालनमा सहजता भएको छ ।
यस्तै, परिलक्षित संस्थाले अपाङ्गता भएका केही व्यक्तीहरुलाई उद्यमी बनाउन समेत सहयोग गरेको पाइएको छ । उनिहरुलाई किराना पसल संचालन गर्नको लागि आर्थिक सहयोगदेखि शैलुन संचालनको लागि तालिम उपलब्ध गराएको हो ।
गुर्भाकोटका इन्द्र बहादुर बुढा लामो समय विदेश बस्नुभयो । तर उहालाई प्यारलाइसिस भएपछि स्वदेश फर्किनुभयो । लामो उपचारपछि उहा केही रुपमा रिकभर हुनुभयो । संस्थाले किराना पसल संचालन गर्नको लागि सहयोग गरेपछि उहाँ अहिले व्यवसाय गर्न सफल हुनुभएको छ । मासिक २० हजार रकम बचत गर्ने गरेको इन्द्र बहादुरले बताउनुभयो ।
यस्तै गुर्भाकोटकै हेमन्त विक पनि शाररिक रुपमा अपाङ्गता भएको व्यक्ती हुनुहुन्छ । उहालाई पनि कपाल काट्ने सिप सिकाएको संस्थाले शैलुन पसल संचालनको लागि आर्थिक सहयोग गरेको थियो । अहिले हेमन्तले गाउँमै शैलुन पसल गरेर मासिक ३० हजार आम्दानी गर्ने गर्नुभएको छ ।
परिलक्षित संस्थाले अपाङ्गता भएका व्यक्तीहरुको लागि विभिन्न परिणामुखी काम गर्दै गएको छ ।
परियोजनाको कामको अनुगमन
सुर्खेतको गुर्भाकोटमा परिलक्षित संस्थाले गरेका विविभन्न कार्यको अनुगमन गरिएको छ ।
नगरपालिकाका प्रतिनिधि, संस्थाका प्रतिनिधिसहितको टोलीले गुर्भाकोटमा गरिएका कार्यहरुको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा परिलक्षित संस्थाले गरेका कार्य सकरात्मक र परिणामुखी रहेको पाइएको छ ।
अनुगमनपछि गुर्भाकोट नगरपालिका नगरउपप्रमुख मैना विकले परिलक्षित संस्थाले अपाङ्गताको क्षेत्रमा गरेको विभिन्न सहयोगले भएका कामको प्रसंशा गर्नुभयो ।
उहाले अपाङ्गताको सवालमा धेरै समस्याहरु रहेको भन्दै यी समस्या समाधान गर्नको लागि नगरपालिकाले पनि विभिन्न योजनाहरु बनाएको बताउँदै परिलक्षित संस्था र नगरपालिकाको संयुक्त फण्ट बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अनुगमनको लागि परिलक्षित संस्थाका परियोजना प्रमुख राजु लामिछाने, परियोजनाका थिरु तामाङ्ग, गुर्भाकोट नगरपालिकाका उपप्रमुखहित सम्बिन्धित शाखा प्रमुखहरुसहितको टोलीले परियोजनाका कामको बुधबार अवलोकन गरेको थियो ।
परिलक्षित संस्था सहयोगले विशेष कक्षा संचालनमा सहज
परिलक्षित संस्था सहयोगले विशेष कक्षा संचालनमा सहज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु