सुर्खेत । सुर्खेतका चार वटा पालिकाका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने भएको छ । वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकबेसी नगरपालिकाका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन लागिएको हो ।
गुर्भाकोट, भेरीगंगा र लेकबेसी नगरपालिकामा मंसिर १३ देखि १५ र वीरेन्द्रनगर नगरपालिकामा मंसिर १५ देखि १८ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।
५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
जनस्वास्थ्य सेवा कार्यालयको आयोजना र इपिक नेपाल एपएचआई ३६० को आर्थिक तथा प्राविधिक सहयोगमा कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।
अभियानअर्न्तगत ४ पालिकामा २४ हजार डोज कोरोनाविरुद्धको खोप लगाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताउनुभयो ।
वीरेन्द्रनगरका लागि १० हजार र गुर्भाकोट र भेरीगंगाका लागि ५÷५ हजार र लेकबेसी नगरपालिकाका लागि ४ हजारका दरले खोप आएको छ ।
कोरोनाको जोखिम नभए पनि फैलिन सक्ने जोखिम भएकाले खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताउनुभयो । खोप अभियान पालिकाका सबै विद्यालयमा सञ्चालन गरिने छ ।
सुर्खेतका चार वटा पालिकाका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने
सुर्खेतका चार वटा पालिकाका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु