सुर्खेत । सुर्खेतको चिंगाड गाउँपालिका ४ मा रहेको मालिका मावि कक्षा ९ मा पढ्ने छात्रा विमला शर्माले हाकाहाकी शैलीमा पालिका अध्यक्षलाई सोधिन हामी विद्यालयमा पढ्ने छात्राहरुका लागि सेनेटरी प्याड खै ? किशोरावस्थाका छात्राबाट एक्कासी महिनावारी र सरसफाईसंग सम्बन्धि प्रश्न सोधिएपछि गाउँपालिका अध्यक्ष वोधविक्रम जीसी पनि एकछिन अक्क न बक्क भए ।
एकातिर सिनेटरी प्याड खरिदका लागि छुट्याइएको बजेट फ्रिज हुने अवस्था छ अर्कोतिर हामी छात्राहरुले पर्याप्त रुपमा पाउन सकेका छैनौं । उनले थपिन यसमा पालिकाले बेवास्ता गरेको हो या ? विद्यालय प्रशासनले लापरवाही ?
करिव ७० जना जति स्कूले किशोरकिशोरी उपस्थित भएको कार्यक्रममा छात्राबाटै अनपेक्षित प्रश्नको जवाफ दिने क्रममा पालिका अध्यक्ष जीसीले पालिकास्तरबाट महिनावारीसंग सरसफाईका लागि सिनेटरी प्याडको पर्याप्त व्यवस्था भएको बताउँदै विद्यालय प्रशासनले वितरणमा कमीकमजोरी भएको हुनसक्ने बताए ।
कुनै समय महिनावारीका विषयमा बोल्नपनि धक मान्ने र सिनेटरी प्याड माग्न पनि लजाउने किशोरीहरु आप्mनो मासिक स्वास्थ्य र सरसफाईप्रति निकै सचेत भैसकेको बताउँदै उनले छात्राहरुका लागि सिनेटर प्याडको कमी हुन नदिने र त्यसको व्यवस्थापनका लागि छात्रामैत्री शौचालयका लागि पनि आपूm सम्वेदनशील रहेको बताए ।
किशोरहरुको प्रतिनिधित्व गर्दै प्रश्न सोधेका कक्षा १० का हरिबहादुर चन्दले पनि छात्रामैत्री शौचालय नभएकोतर्फ अध्यक्षको ध्यानाकर्षण गराए ।
शुक्रबार चिंगाड गाउँपालिका ३ मटेलाको ठाँटी बजारमा भएको युवासंग जनप्रतिनिधि कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिंदै अध्यक्ष जीसीले विकास निर्माण, प्रशासनिक र बजेटका विषयमा बढि कुरा सोधिएलान भनेर तयारी गरेर आएको बताउँदै त्योभन्दा पनि बढि सम्वेदनशील प्रश्न सोधिएको भन्दै धन्यवाद पनि दिए ।
सुर्खेत उद्योग वाणिज्य संघ अन्तर्गतको अमेरिकन कर्नरको आयोजनामा भएको कार्यक्रममा अर्की छात्रा शुशीला घर्तीले बालविवाह नियन्त्रण गर्न पालिका असफल भएको भन्दै आलोचना गरेपछि अध्यक्ष जीसीले सामाजिक कुरिती र गलत मान्यताका कारण आपूmले चाहेरपनि अपेक्षा अनुसार परिणाम दिन नसकेको स्वीकार गरे ।
स्थानीय सरकारलाई जिम्मेवार, जवाफदेही र पारदर्शी बनाई लोकतन्त्रलाई सदृढ बनाउनका लागि युवा पुस्तामा प्रश्न सोध्ने बानी र क्षमताको विकास गर्ने उद्देश्यले अमेरिकन कर्नरले आउटरिच कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा युवासंग जनप्रतिनिधि कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
यसै क्रममा चिंगाड पालिकामा पहिलो पटक भएको कार्यक्रममा कृषि उत्पादनको बजारीकरण र स्थानीयस्तरमा रोजगारीको अवसर नहुँदा आपूmहरु विदेशिनुपर्ने हो कि भन्ने भविष्यको चिन्ताले पिरोलीरहेको उल्लेख गरे ।
जवाफमा अध्यक्ष जीसीले पालिकाले प्रकाशन र कार्यान्वयन गर्ने तयारीमा रहेको स्थानीय पाठ्यक्रममा पूर्व व्यवसायिक ज्ञान र सामाजिक कुरितीहरुविरुद्ध शिक्षित बनाउने गरी नैतिक शिक्षा सम्बन्धित सामग्री समेटिएको पाठ्यक्रम बनाइने प्रतिवद्धतापनि जनाए ।
यस्तै कक्षा ९ की छात्रा मनिषा जीसीले शहरीय सुविधासम्पन्न विद्यालयमा पढ्ने विद्यार्थीहरुसंग प्रतिष्पर्धा गर्नुपर्ने भएपनि आपूmहरु शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारको अभावबाट गुज्रिनुपरिरहेको गुनासो गरिन ।
शिक्षाको विकासबिना अरु विकास दिगो र प्रभावकारी नहुने भन्ने बुझेर नै आफुले पदभार ग्रहण गर्दा पहिलो निर्णय नै आप्mनो पालिकाभित्रका ४१ विद्यालयको भौतिक पूर्वाधार तथा ३ हजार ९ सय विद्यार्थीका लागि शैक्षिक गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर नै निर्णय गरी कार्यआरम्भ गरेको जानकारी दिए ।
पालिका प्रमुखलाई छात्राको प्रश्नः हामीले सेनेटरी प्याड सहजसँग कहिले पाउँछौ ?
पालिका प्रमुखलाई छात्राको प्रश्नः हामीले सेनेटरी प्याड सहजसँग कहिले पाउँछौ ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु