सुर्खेत । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा युवाहरुलाई अभिमुखिकरण गरिएको छ ।
युवालयद्धारा सञ्चालित युवासँगको हाम्रो सहयात्रा परियोजना अन्तर्गत संगित तथा कम्प्युटर कक्षामा सहभागी ३२ जना युवाहरुलाई लैङ्गिक हिंसा विरुद्ध युवाको भुमिकाको विषयमा जानकारी दिन आज शनिवार वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रम मार्फत अविमुखिकरण गरिएको हो ।
“हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि एक्यवद्धता” “बलियो कानुन र चेतना विकास, महिला हिंसा अन्त्यको आधार” “प्रेममा समानता, परिवारमा सम्मान” जस्ता नारा लगाउदै उनीहरुले कार्यक्रमको शुरुवातमा मंगलगढिबाट ¥याली लिएर पिपल चौतारा सम्म ¥याली सहित पुगेका थिए ।
कार्यक्रममा बोल्दै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समयमा मात्रै नभएर सधै यस्ता आवाज उठाइ रहनुपर्नेमा जोड् दिनुभयो ।
यस्ता संवेदशिल विषयमा युवाहरुले कसरी काम गर्न सक्छन ? लैङ्गिक हिंसा न्युनिकरणमा युवाको भुमिका के हुन्छ ? मानवअधिकार, मौलिक हक ? र लैङ्गिक संवेदशिलताका सवालमा पनि युवाहरुलाई जानकारी गराइएको थियो ।
युवाहरूलाई समाजमा भएका विभिन्न सवालमा उत्सुकता जगाउने, युवाहरूका मुद्धालाई सामूहिक रुपमा वकालत गर्ने, युवाहरूको शिक्षा, प्राविधिक, वित्तिय सीप तथा मानव अधिकारको साथ किशोर–किशोरी र युवालाइ सशक्त गराउने उद्देश्यका साथ स्थापित गर्न वकालतः तथा पैरवी गर्ने गैह्र सरकारी संस्था युवालय भएको परियोजनाका मिडिया कम्युनिकेशन अफिसर सिर्जना बुढाथोकीले बताउनुभयो ।
उहाले पहिले देखि समाजमा रहि आएका कुप्रथा जस्ता सवाललाई अबको पुस्ताले नै न्युनिकरण गर्न सक्नेमा जोड् दिनुभयो ।
युवासँगको हाम्रो सहयात्रा परियोजनालाई कोरियाको वाई जी इन्टरटेन्टमेन्टको आर्थिक एवंम अस्फामको प्राविधिक सहयोग रहेको छ ।
लैङ्गिक हिंसा बारे युवालाई अभिमुखिकरण
लैङ्गिक हिंसा बारे युवालाई अभिमुखिकरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु