सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुको ३३ औं अन्तराष्ट्रिय दिवस सुर्खेतमा विविध कार्यक्रम गरि मनाइने भएको छ ।
दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्न कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा मुल आयोजक समितिले समेत गठन गरिएको छ ।
मन्त्रालयको आयोजना तथा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको सहआयोजना र कोशिष नेपाल, परिलक्षित संस्था, सिएमसी नेपाल, आइएनएफ सुर्खेत, डिइसी सुर्खेत र एचआरडिसीको साझेदारीमा विभिन्न कार्यक्रमहरु तय गरिएको हो ।
आज वीरेन्द्रनगरमा गरिएको पत्रकार सम्मेलन मार्फत दिवसको अवसरमा गरिने कार्यक्रमको बारेमा जानकारी गराइएको छ ।
जस अन्तरगत डिइसी साझेदारीमा भोली अपाङ्गता भएका बालबालिकाहरुको खेलकुद प्रतियोगिता गनेरिने छ, भने भोली नै सिएमसी नेपालको साझेदारीमा टक स्व कार्यक्रम गरिने राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्मालदे जानकारी दिनुभयो ।
यस्तै, पर्सी मंगलबार वीरेन्द्रनगर नगरपालिका, कोशिस नेपाल, एमओएसडी, आइएनएफ सुर्खेत, परिलक्षित संस्था एचआरडिसी, परिलक्षित संस्था लगायतको साझेदारीमा वृहत ¥याली र अपाङ्गता भएका व्यक्तीहरुको लागि सहायक सामग्री वितरण गरिने उहाले जानकारी दिनुभयो ।
बुधबारका दिन सामाजिक विकास मन्त्रालयको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको साझेदारीमा सात वटै प्रदेश स्तरिय कार्यालयहरुमा साझेदार संस्थाहरुबिच वृहत अन्तरक्रिया गरिने छ ।
सन १९९२ बाट संयुक्त राष्ट्र संघको आव्हानमा डिसेम्बर ३ का दिन अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो भने नेपालमा सन १९९३ देखि यो दिवस मनाउन थालिएको हो ।
अपाङ्गता दिवसको यो बर्षको अन्तराष्ट्रिय नारा समावेशी र दिगो भविश्यका लागि अपाङ्गता भएका व्यक्तीहरुको नेतृत्वको प्रवद्र्धन भन्ने तय गरिएको छ । भने समावेशी तथा दिगो भविश्यको पूस्र्वाधार, अपाङ्गता भएका व्यक्तीहरुको प्रवल नेतृत्व यसको आधार भनेर राष्ट्रिय नारा तय गरिएको छ ।
दिवसको पूर्व सन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले अपाङ्गता भएका व्यक्तीहरुको हरेक क्षेत्रमा पहुँच पुर्याउनको लागि पत्रकारहरुको भुमीका महत्वपूर्ण हुने बताउनुभयो ।
उहाले अपाङ्गता भएका व्यक्तीहरुलाई राज्यको मुलधारमा ल्याउनको लागि प्रदेश योजना आयोगले अपाङ्गता सशक्तिकरण सम्बन्धी कार्यक्रम पञ्चबर्षिय योजनामा समावेश गरिनुपर्ने माग गर्नुभयो ।
नेपालका सबै समावेशी विकासका गतिविधिहरुमा अपाङ्गता भएका व्यक्तीहरुको आवश्यकता र सवालहरुलाई समावेश गरिनुपर्नेमा उहाको जोड छ ।
अपाङ्गता भएका व्यक्तीहरुको ३३ औं अन्तराष्ट्रिय दिवसः सुर्खेतमा विभिन्न कार्यक्रम गरि मनाईँदै
अपाङ्गता भएका व्यक्तीहरुको ३३ औं अन्तराष्ट्रिय दिवसः सुर्खेतमा विभिन्न कार्यक्रम गरि मनाईँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु