सुर्खेत । कर्णालीमा ८ पदका लागि भएको उपनिर्वाचनको परिणा अन्तिम चरणमा पुगेको छ ।
हिजो भएको उपनिर्वाचनको मत गणना रातिबाटै गरिएको थियो । मत परिणाम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
कर्णालीमा अहिलेसम्म ५ पदको परिणाम आइसकेको छ । जसमा काँग्रेसले दुइ स्थान, एमाले दुइ स्थान र नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएका छन् ।
तिन ठाउँको मतगणना जारी रहेको र अन्तिम परिणाम आजै आउने आयोगले जनाएको छ ।
दैलेखको महावु गाउँपालिकाको अध्यक्षमा एमालेका जंग बहादुर शाही विजयी हुनुभएको छ ।
गाउँपालिका अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा कुल मतदाता संख्या १२ हजार ६ सय १४ मध्य ६ हजार ९ सय ८९ मत खसेको थियो । अन्तिम परिणाम अनुसार एमालेका शाहीले ३ हजार एक सय २७ मत प्राप्त गर्दा उहाकाक प्रतिस्पर्धी नेपालीका काँग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६ सय ७५ मत प्राप्त गर्नुभयो ।
यस्तै माओवादीका जंग बहादुर बरालले ८ सय ४२ मत ल्याउँदा रास्वपाका प्रकाश बुढाले १ सय १२ मत प्राप्त गर्नुभयो । यो पालिकामा नेपाली काँग्रेसका लछुमन गुरुङ्गको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।
यस्तै, दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमाले लालबहादुर शाही विजयी हुनुभएको छ ।
कांग्रेसका उम्मेददवारलाई तीन मतले हराउँदै नेकपा एमालेका शाही निर्वाचित हुनुभएको हो । उहाँले पाँच सय ७४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत ल्याउनुभयो ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका ढकेन्द्र बहादुर शाहीले २७८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रामबहादुर शाहीले ५३ मत पाउनुभएको हो । दुल्लु नगरपालिका १३ दैलेखमा दुई हजार सात सय छ मतदातामा एक हजार पाँच सय ५८ ९५६ दशमलव ५६ प्रतिशत०ले मतदान गरेका थिए ।
यता कुसे गाउँपालिका ७ जाजरकोटको वडाध्यक्षमा काँग्रेसका खम्बबहादुर सिंह विजयी हुनुभएको छ ।
सिंहले तीन सय ४७ ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वदी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले तीन सय ३२ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी, नेकपा एमालेका डम्बरबहादुर घर्ती मगरले दुई सय ५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर खत्रीले आठ मत प्राप्त गर्नुभएको थियो । कुसे गाउपालिका ७ जाजरकोटमा रहेको कुल मतदाता एक हजार तीन सय दुई मतदातामा नौ सय ५६ ९७३ दशमलव ४३ प्रतिशत० मत खसेको थियो ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार मोती राम खत्रीले पाँच सय ९० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले पाँच सय ३७ मत प्राप्त गर्नुभएको हो ।
वियजी उम्मेदवार खत्री नेकपा एमालेको समर्थनमा चुनावी प्रतिस्पर्धामा सहभागी हुनुहुन्थ्यो । यो वडामा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो ।
कालिकोट तिलागुफा नगरपालिका ४ कालीकोटको वडाध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टीका खड्कराज शाही विजयी हुनुभएको छ ।
कुल छ सय ९ मतदाता संख्या रहेको उक्त वडामा चार सय ११ मत खसेको थियो । खसेको मतमा एक सय ४३ मत प्राप्त गरी नेमकिपाका शाही विजयी हुनुभएको हो ।
उहाँका शाहीका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैशोभा शाहीले एक सय १५ मत प्राप्त गर्नुभएको थियो ।
उक्त उपनिर्वाचनमा नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली काँग्रेसका पैलबहादुर शाहीले ४९, राप्रपका गोगनबहादुर शाहीले १७, राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले पाँच मत प्राप्त गर्नुभएको र चार मत बदर भएको छ ।
उपनिर्वाचन अपडेटः कर्णालीको मतपरिणा अन्तिम चरणमा, दैलेखको महावुमा एमाले विजयी
उपनिर्वाचन अपडेटः कर्णालीको मतपरिणा अन्तिम चरणमा, दैलेखको महावुमा एमाले विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु