सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुले प्रदेश सरकार सामु विभिन्न माग राख्दै आफुहरुको पहुँच हरेक क्षेत्रमा कहिले पुग्छ भनेर प्रश्न गरेका छन् ।
अपाङ्गता भएका व्यक्तीको ३३ औं अन्तराष्ट्रिय दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयको आयोजना तथा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश तथा सिएमसी नेपाल लगायतका संस्थाहरुको सहयोगमा आज सुर्खेतमा गरिएको वहस कार्यक्रममा यस्तो प्रश्न गरेका हुन् ।
अपाङ्गता भएका व्यक्तीहरुको निर्देशक समिति आवश्यक रहेको, अपाङ्गता भएका व्यक्तीहरुका लागि प्रादेशिक नीति बन्न नसकेको भन्दै त्यसको प्रक्रिया काहाँसम्म पुग्यो भन्दै प्रश्न गरेका हु्न् ।
दृष्ट्रि सम्बन्धि अपाङ्गता भएका तुलसी ढकालले प्रदेश सरकारले अपाङ्गताको लागि छुट्टै नीति ल्याउनुपर्ने भन्दै दृष्टिविहिन अपाङ्गताहरुको लागि पहुँचयोग्य संरचना नबनेको गुनासो गर्नुभयो ।
अर्का अपाङ्गता भएका व्यक्ती यम बहादुर बस्नेतले अपाङ्गता भएका व्यक्तीहरुको निर्देशक समिति बन्नमा ढिलाई भएको बारे जवाफ माग गर्नुभएको छ ।
वहसमा सहभागि भएका अपाङ्गता भएका व्यक्तीहरुले अपाङ्गता भएका व्यक्तीहरुको लागि छुट्टै प्रादेशिक नीति आवश्यक रहेको भन्दै विगतदेखि नै यसमा सरकारले चासो नदिएको बताएका छन् ।
उनिहरुले सेवा प्रदायक संस्थाहरुमा सांकेतिक भाषाको प्रयोग ल्याउनुपर्ने र भौतिक संरचना पहुँचयोग्य हुनुपर्ने माग राखेका छन् ।
उनिहरुले उठाएको प्रश्नको जवाफ दिँदै कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफ्नै पालामा अपाङ्गता भएका व्यक्तीहरुको लागि नीति तयार गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
उहाले अपाङ्गता भएका व्यक्तीहरुका लागि प्रादेशिक नीति ल्याउनमा आफुले पहल गरिरहेको भन्दै ढुक्क हुन आग्रह गर्नुभयो ।
सांकेतिक भाषा र पहुँचयोगग्य भौतिक संरचना प्रादेशिक नीतिसँगै हुने उल्लेख उहाले गर्नुभयो । सांकेतिक भाषाको प्रयोगलाई पनि ल्याउनेगरी आफुले पहल थाल्ने उहाको भनाई छ ।
साहयक सामाग्री वितरणमा सहज बनाउँदै लैजाने र स्वास्थ्य पुनःस्थापना केन्द्र पनि छिट्टै बन्ने उहाको दाबी छ ।
कार्यक्रममा जवाफ दिँदै प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले दोश्रो पञ्चबर्षिय योजनामा अपाङ्गताको सवालहरुलाई समेट्ने दाबी गर्नुभयो ।
दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्न कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा मुल आयोजक समितिले समेत गठन गरि दिवसलाई वृहत रुपमा मनाइएको हो ।
मन्त्रालयको आयोजना तथा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको सहआयोजना र कोशिष नेपाल, परिलक्षित संस्था, सिएमसी नेपाल, आइएनएफ सुर्खेत, डिइसी सुर्खेत र एचआरडिसीको साझेदारीमा विभिन्न कार्यक्रमहरु गरिएको परिलक्षित संस्था सुर्खेतका राजु लामिछानेले जानकारी दिनुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्मा, सांसदहरु पूर्ण खत्री, इन्द्रा कुमारी शाही लगायतलाई जवाफदेही वक्ताको रुपमा रहनुभएको थियो ।
दिवसको अवसरमा भोली मंगलबार वीरेन्द्रनगर नगरपालिका, कोशिस नेपाल, एमओएसडी, आइएनएफ सुर्खेत, परिलक्षित संस्था एचआरडिसी, लगायतको साझेदारीमा वृहत ¥याली र अपाङ्गता भएका व्यक्तीहरुको लागि सहायक सामग्री वितरण गरिने जनाइएको छ ।
बुधबारका दिन सामाजिक विकास मन्त्रालयको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको साझेदारीमा सात वटै प्रदेश स्तरिय कार्यालयहरुमा साझेदार संस्थाहरुबिच वृहत अन्तरक्रिया गरिने छ ।
सन १९९२ बाट संयुक्त राष्ट्र संघको आव्हानमा डिसेम्बर ३ का दिन अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो भने नेपालमा सन १९९३ देखि यो दिवस मनाउन थालिएको हो ।
अपाङ्गता दिवसको यो बर्षको अन्तराष्ट्रिय नारा समावेशी र दिगो भविश्यका लागि अपाङ्गता भएका व्यक्तीहरुको नेतृत्वको प्रवद्र्धन भन्ने तय गरिएको छ । भने समावेशी तथा दिगो भविश्यको पूस्र्वाधार, अपाङ्गता भएका व्यक्तीहरुको प्रवल नेतृत्व यसको आधार भनेर राष्ट्रिय नारा तय गरिएको छ ।
अपाङ्गता भएका व्यक्तीहरुको प्रश्नः हाम्रो पहुँच हरेक क्षेत्रमा कहिले पुग्छ ?
अपाङ्गता भएका व्यक्तीहरुको प्रश्नः हाम्रो पहुँच हरेक क्षेत्रमा कहिले पुग्छ ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु